विराटनगर महानगरको मेयर र उपमेयरमा काग्रेसको जित सुनिश्चीत

विराटनगर महानगरको मेयर र उपमेयरमा काग्रेसको जित सुनिश्चीत

  • शनिबार, असार २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

विराटनगर , २४ असार ।
दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तरगत एकमात्र महानगर विराटनगर महानगरपालीकाको प्रमुख र उपप्रमुखमा कांग्रेसको जित सुनिश्चित भएको छ ।

प्रमुखमा कांग्रेसका भीम पराजुलीले ५ हजार ३ सय १६ मतले अगाडि रहनुभएको छ । उहाँले हालसम्म १९ हजार १ सय ५१ मत पाउँनुभएको छ ।
उहाँका निकटतम प्रतिद्धन्दी एमालेका विनोद ढकालले १३ हजार ८ सय ३५ मत ल्याउदा संघीय समाजवादीका उमेश यादव १२ हजार ६ सय ७७ मत पाउनु भएको छ ।

यस्तै उपप्रमुखमा कांग्रेसकी इन्दिरा कार्कीको जित सुनिश्चित नै भएको छ । कार्कीले ६ हजार ६ सय ३७ मतको अग्रता कायम गर्नुभएको छ । कार्कीले अहिलेसम्ममा १६ हजार ६ सय ७० मत प्राप्त गर्दा उहाँका निकटतम माओवादी केन्द्रकी नमिता न्यौपानेले १० हजार ३३ र फोरम लोकतान्त्रिककी सूची चौधरीले ८ हजार ५ सय ७० मत ल्याउनु भएको छ ।

एमाले र फोरम लोकतान्त्रिक तथा संघीय समाजवादी र माओवादी केन्द्रको गठबन्धन रहेको थियो ।

१९ वटा वडा रहेको महानगरको वडा १०, ११ र १२ को १३ हजार ५ सय ३८ मत गन्ती गर्न मात्रै बाँकी रहेको मुख्य निर्वाचन अधिकृत बिनोदकुमार पोख्रेलले बताउनु भयो ।

हालसम्ममा वडा १, २, ३, ४, ५, ६, ७, ८, ९, १३, १४, १५, १६, १७, १८ र १९ को कूल ६६ हजार ९ सय ३९ मत गन्ति भइसकेको उहाँले बताउनु भयो ।
अहिले वडा १२ को मतगणना अन्तिम चरणमा पुगेको छ भने वडा ११ को आधाभन्दा बढी मत गन्ती भइसकेको र वडा १० को २ वटा मत पेटिका खोलेर गन्ति सुरु गरिएको उहाँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ