झापा, असार २४ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले ल्याएको संविधान संशोधन प्रस्ताव देशविरोधी भएकाले कुनै पनि हालतमा आफूहरुलाई मान्य नहुने बताउनुभएको छ ।
गृहनगर झापाको दमकमा आयोजित एमालेको विजयी सभामा सहभागी हुन जाने क्रममा विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गदै अध्यक्ष ओलीले सरकारले संविधानको प्रस्ताव फिर्ता लिएर अर्को प्रस्ताव पारित गर्ने गरी ल्याउने विषयमा छलफल गरी सहमति जुटाउन भने एमाले तयार रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले स्थानीय तहको चुनाव नसकिएसम्म संविधान संशोधनको प्रस्ताव अगाडि बढ्न नदिने बताउनुभयो । उहाँले प्रदेश नम्बर २ मा स्थानीय निर्वाचन नसकिएसम्म संविधान संशोधनको नयाँ प्रस्ताव आउन नदिने र पास पनि नहुने जिकीर गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline