एन्डि मुर्रे र राफायल नाडाल विम्बल्डन टेनिसको अन्तिम १६ मा

एन्डि मुर्रे र राफायल नाडाल विम्बल्डन टेनिसको अन्तिम १६ मा

  • शनिबार, असार २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ २४ असार ।
विश्व नम्बर वान एण्डी मुर्रे र चौथो बरियताका राफायल नाडाल विम्बल्डन टेनिसको अन्तिम १६ मा पुगेका छन् ।

साबिक विजेता बेलायती मुर्रेले तेस्रो चरणको खेलमा इटालीका फाबियो फोग्निनीलाई हराएर अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।

मुर्रेले फोग्निनीलाई ६–२, ४–६, ६–१ र ७–५ को सेटमा हराएका हुन् । यस्तै दुई पटकका विजेता स्पेनिस नाडालले रुसका कारेन खाचानोभलाई सोझो सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएका हुन् ।

नाडालले खाचानोभलाई ६–१, ६–४ र ७–६ को सेटमा हराएका हुन् । नवौं बरियताका जापानी केइ निशिकोरी भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

स्पेनका रोबर्टो बाउटिस्टासँग पराजित भएपछि निशिकोरी बाहिरिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ