मत गणना अन्तिम चरणमा : कस्ले कति स्थानीय तहमा जिते ?

मत गणना अन्तिम चरणमा : कस्ले कति स्थानीय तहमा जिते ?

  • शनिबार, असार २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, असार २४ । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । अब जम्मा चार तहको मात्र मत परिणाम आउन बाँकी रहेको छ ।परिणाम आउन बाँकी रहेका मध्ये तीनमा नेकपा एमाले र एकमा नेपाली काँग्रेस अगाडी रहेका छन् ।

एमालेले सुनसरीको धरान उपमहानगरपालिका, कञ्चनपुरको पुनर्वास नगरपालिका र झापाको अर्जुनधारा नगरपालिकामा अग्रता लिएको हो भने कांग्रेस मोरङको विराटनगर महानगरपालिकामा अगाडी रहेको छ ।यता, दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एमाले नै पहिलो दल बन्न सफल भएको छ ।

दोस्रो चरणमा ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा गरिएको निर्वाचनमा अहिलेसम्म ३ सय ३० स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।

घोषित परिणाममा १ सय ४८ तह जितेर एमाले पहिलो र १ सय २१ तहमा तिेर कांग्रेस दोस्रो दल बनेको छ ।

नेकपा माओवादी केन्द्र भने ३८ स्थानीय तहमा विजयी हुँदै तेस्रो ठूलो दल बनेको छ ।

८ तह जित्ने संघीय समाजवादी फोरम चौथो हुँदा ६ तह जितेर लोकतान्त्रिक फोरम पाँचौं बनेको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ४, राष्ट्रिय जनमोर्चा २ र तीन जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ