काग्रेसको पकड क्षेत्रमा एमाले विजयी  

काग्रेसको पकड क्षेत्रमा एमाले विजयी  

  • शुक्रबार, असार २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

कञ्चनपुरको भीमदत्त नगरपालिकामा कांग्रेसलाई १ सय ६६ मतले हराउँदै एमालेका सुरेन्द्र विष्ट मेयर निर्वाचित भएका छन् ।

विष्टले ११ हजार ८ सय ३१ मत ल्याउँदा कांग्रेसका पदम बोगटीले ११ हजार ६ सय ६५ मत पाए ।

उपमेयरमा भने कांग्रेसकी सुशीला चन्द सिंह निर्वाचित भइन् । उनले १२ हजार ७ सय ७५ मत पाउँदा एमालेकी माया पन्तले ११ हजार ८ सय ३६ मत ल्याइन् ।

भीमदत्त नगरपालिका कांग्रेसको पकड क्षेत्र मानिन्थ्यो । टनकपुर सम्झौताविरुद्धको आन्दोलनको नेतृत्व गरेका नवनिर्वाचित मेयर विष्ट एमाले जिल्ला कमिटीका सचिव हुन् ।

कञ्चनपुरमा ९ स्थानीय तहमध्ये एमालेले चार तह जितेको छ भने माओवादी र कांग्रेसले एक–एक तह जितेका छन् ।

पुनर्वासमा एमालेले अग्रता कायम राखेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ