इटहरी उपमहानगरपालिकाको मेयरमा एमाले विजयी

इटहरी उपमहानगरपालिकाको मेयरमा एमाले विजयी

  • शुक्रबार, असार २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

उदयपुर, असार २३
सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । आज बिहान सार्वजनिक मतपरिणाम अनुसार एमालेका द्वारिकलाल चौधरीले २२ हजार ६ सय ८९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निटतम प्रतिद्धन्द्धी कांग्रेसका रोहित प्रसाईले १९ हजार ९ सय ८५ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा एमालेकी लक्ष्मी गौतम २१ हजार ८ सय ४२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेकपा एमालेका बलदेव चौधरी विजयी हुनुभएको छ । उहाँले ११ हजार ३ सय ६८ मत प्राप्त गरी विजयी हुनु भएको हो ।

उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बसन्त बस्नेतले ११ हजार २ सय ९५ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा नेपाली कांग्रेसकी देवी चौधरी विजयी हुनुभएको छ ।

चौधरीले ११ हजार ३ सय २२ मत प्राप्त गरि विजयी हुनुभएको छ भने उहाँको प्रतिस्पर्धी गिता देवी रेग्मीले ११ हजार २ सय ७९ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै मोरङको रंगेली नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका दिलिप बगडिया बगडिया आठ हजार ६८ मतसहित मेयरमा विजयी हुनु भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोदराज घिमिरेले ६ हजार १ सय ८६ मत प्राप्त गर्नुभएको छ ।

यसैबीच झापाको बुद्धशान्ति गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रमेश भुजेल ७ हजार ९ सय ९६ मत ल्याउँदै विजयी हुनु भएको छ ।

उहाँका निकटम प्रतिद्वन्दी नेकपा एमालेका चिन्तन पाठकले ७ हजार ३ सय ५३ मत प्राप्त गर्नु भयो । उपमेयरमा एमालेकी उम्मेदवार मिरा भुर्तेल विजयी हुनु भएको छ ।

उहाँले ७ हजार ४ सय ५७ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँको निकटम प्रतिद्वन्दी कांग्रेसकी चन्द्रकला भट्टराईले ६ हजार ८ सय ४ मत प्राप्त गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ