३ सय १७ स्थानीय तहको मतपरिणाम सार्वजनिक

३ सय १७ स्थानीय तहको मतपरिणाम सार्वजनिक

  • बिहिबार, असार २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ २२ असार ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । निर्वाचन भएका ३ सय ३४ स्थानीय तह मध्ये हालसम्म ३ सय १७ स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

अब विराटनगर महानगरपालिकासहित १७ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुन बाँकी छ । मतपरिणाम सार्वजनिक भएका मध्ये १ सय ४२ स्थानमा नेकपा एमालेले जीत हासिल गरेको छ ।

यस्तै नेपाली कांग्रेस १ सय १७ स्थानमा विजयी भएका छन् भने नेकपा माओवादी केन्द्रले ३७ स्थानीय तहमा जीत हासिल गरेका छन् । राप्रपा ४ स्थानमा विजयी भएको छ । संघिय समाजवादी फोरम र फोरम लोकतान्त्रिक लगायत अन्य दल तथा स्वतन्त्र उमेदवारले १७ स्थानमा जीत हासिल गरेका छन् ।

मतगणना जारी रहेका मध्ये ८ स्थानमा नेकपा एमालेको अग्रता छ । नेपाली कांग्रेस ६ स्थानमा अघि देखिएको छ भने एक स्थानमा माओवादी केन्द्रको अग्रता छ । दुई स्थानमा अन्य दल अग्रस्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ