कञ्चनपुर, असार २२ ।
कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा माओवादीका पोतिलाल चौधरिले ६ हजार ७ सय ६४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका पल्लवराज भट्टले ६ हजार ४ सय ७ मत ल्याउनु भएको छ ।
उपमेयरमा नेकपा एमालेका चित्रा कुमारी चौधरीले ६ हजार ७ सय ४८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादीका राधादेवी खरेलले ६ हजार १ सय २१ मत ल्याउनु भएको छ ।
यस्तै झापाको भद्रपुर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका जीवनकुमार श्रेष्ठ ११ हजार ४२ मत ल्याउँदै मेयरमा विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गणेश पोखरेलले ७ हजार २ सय १५ मत प्राप्त गर्नु भयो ।
उपमेयरमा पनि एमालेकै चन्द्रमाया श्रेष्ठ विजयी हुनु भएको छ । उहाँले १० हजार ६ सय ५० मत प्राप्त गर्नु भयो । उहाँको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारा भुर्तेलले ६ हजार ४ सय ९८ मत पाउनु भएको छ ।