तुल्सीपुर उपमहानगरमा एमाले विजयी,जितेसँगै एमाले बन्यो पहिलो पार्टी

तुल्सीपुर उपमहानगरमा एमाले विजयी,जितेसँगै एमाले बन्यो पहिलो पार्टी

  • बिहिबार, असार २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

दाङ ,२२ असार ।

तुल्सीपुर उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार घनश्याम पाण्डे मेयरमा र माया आचार्य उपमेयरमा निर्वाचित हुनुभएको हो।तुलसीपुर उपमहानगरपालिकामा विजयी भएसंगै नेकपा एमाले दाङमा पहिलो पार्टी बनेको छ ।

पाण्डेले निकटत्म प्रतिष्पर्धी कांग्रेसका उम्मेदवारभन्दा तीन हजार नौ सय ५४ अन्तरमा विजयी हासिल गर्नुभएको हो भने आचार्यले आठ सय ५२ मतको अन्तरले विजय हासिल गर्नुभएको हो ।

पाण्डेले २२ हजार ८ सय ५७ मत ल्याउनुभएको छ भने उहाँका निकटत्म प्रतिष्पर्धी गिरीले १८ हजार ९ सय ३ मत ल्याउनुभएको छ । त्यस्तै उपमेयरमा माया आचार्यले २१ हजार ३७ मत ल्याउनुभएको छ भने उहाँका निकटत्म प्रतिष्पर्धी कांग्रेसका देवका नेपालीले २० हजार १ सय ८५ मत ल्याउनुभएको छ।

एमालेले तुल्सीपुरका वडा नम्बर १, ३, ४, ६, १२, १५, १६, १८, १९ मा प्यानल विजयी भएको छ । त्यस्तै वडा नम्बर ७ मा दुईजना खुल्ला सदस्यमा जित हाँसिल गरेको छ । तुल्सीपुर १६ मा भुपबहादुर केसीको नेतृत्व विजयी भएको हो ।

पाण्डे यसअघि पनि २३ वर्षकै उमेरमा जनप्रतिनिधिमा निर्वाचित भइसक्नुभएको थियो । त्यस्तै उहाँका निकटत्म प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरी पनि तात्कालीन समयमा जनप्रतिनिधिमा निर्वाचित हुनुभएको थियो ।

एमाले दाङले प्रमुख र उपप्रमुखमा घोराही, तुलसीपुर, गढवा र बबई गाउँपालिकामा विजयी भएको छ भने दंगीशरण र लमहीमा प्रमुख पदमा मात्रै विजयी भएको छ । यस्तै नेपाली काँग्रेस दाङले राजपुर, राप्ती र शान्तिनगर गाउँपालिकामा प्रमुख र उपप्रमुख पदमा विजयी भयो भने दंगीशरण र लमहीमा उपप्रमुखमा चित्त बुझाउन बाध्य भयो । नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँपालिकामा प्रमुख र उपप्रमुखमा विजयी भयो । नेकपा एमालेको तर्फबाट प्रमुख पदमा विजयी हुनेहरुमा गढवाबाट सहजराम यादव, लमहीबाट कुलबहादुर केसी, घोराहीबाट नरुलाल चौधरी, तुलसीपुरबाट घनश्याम पाण्डे, दंगीशरणबाट भागीराम चौधरी र बबइबाट भुवनेश्वर पौडेल रहेका छन् । यस्तै गढवाबाट शान्ति चौधरी, घोराहीबाट सिता न्यौपाने, तुलसीपुरबाट माया आचार्य र बबईबाट सावित्रा विश्वकर्माले उपप्रमुख पदमा विजयी भएका छन् ।

नेपाली काँग्रेसको तर्फबाट राजपुरबाट लोकराज केसी, राप्तीबाट नुमानन्द सुबेदी र शानन्तिनगरबाट कमानसिंह डाँगीले प्रमुख पदमा विजयी भए भने धनपति यादव राजपुरबाट जगदम्बा चौधरी राप्तीबाट, देवका बेल्बासे लमहीबाट मिथिला शाह शान्तिनगरबाट र पिमा खड्का दंगीशरणबाट उपप्रमुख पदमा विजयी भए । यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट बंगलाचुली गाउँपालिकाबाट प्रमुख पदमा भक्तबहादुर वली र उपप्रमुख पदमा यमुना घर्ती विजयी भएका छन् । तुलसीपुर उपमहानगरको मतगनणा कार्य सम्पन्न भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ