बुटवल उपमहानगरपालिमा कांग्रेस माओवादी गठबन्धन हार्नुको कारण : प्रदेश टुक्राउने आन्दोलन

बुटवल उपमहानगरपालिमा कांग्रेस माओवादी गठबन्धन हार्नुको कारण : प्रदेश टुक्राउने आन्दोलन

  • बिहिबार, असार २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

बुटवल , २२ असार ।

बुटवल उपमहानगरपालिमा मेयर उपमेयरसहित एमाले विजयी भएको छ ।

कांग्रेस माओवादी गठबन्धन लाई पराजित गर्दै एमालेका तर्फबाट मेयरमा शिवराज सुवेदी र उपमेयरमा एमालेका तर्फबाट गोमा ९गुमादेवी० आचार्यले जित हासिल गरे

 

बुटवल केन्द्रित क्षेत्रमा २०५१, २०५४,२०६४,०७० मा भएका नगर, संसद, संविधान सभा जस्ता निर्वाचनहरुमा ठूलो मतान्तरमा एमाले विजयी भएको थियो । दोस्रो संविधान सभाको निर्वाचनमा यहाँबाट माओवादीका तात्कालिन नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई उम्मेदवार थिए । एमालेको वर्चश्व रहेको बुटवलमा जसरी पनि चुनाब जित्ने रणनीति कांग्रेसको थियो । यही रणनीति सफल पार्न माओवादी केन्द्रसँग तालमेल गरेको हो । नगरमा काग्रेसले प्रमुख उपप्रमुख पदमा माओवादी केन्द्रसित तालमेल गरेको थियो भने वडामा राष्ट्रिय जनमुक्तिसित तालमेल गरेको थियो । यद्यपि एमालेको बलियो संगठन थियो । यसैमाथि कांग्रेस बीचनै आपसी मत मतान्तर हुनु र माओवादी केन्द्रको फुटले यो सफल हुन नसकेको पूर्वसांसद रामचन्द्र भट्टराईले बताए ।

हारको कारण : प्रदेश टुक्राउने आन्दोलन

प्रदेश नम्बर ५ का पहाडी जिल्ला छुट्याउने विषयमा यहाँका धेरै स्थानीय विरोधमा उत्रिए । त्यसको अगुवाई एमालेले गरेको थियो । स्थानीय एमालेकै पछि लागेर आन्दोलनमा उत्रिएका थिए । आफ्ना पार्टीका निर्णय अवज्ञा गर्दै कांग्रेस र माओवादीका नेता कार्यकर्ताहरु पनि आन्दोलनमा सहभागी भए । रुपन्देहीकै बालकृष्ण खाँण काग्रेसबाट रक्षा मन्त्री भएर पनि उनी प्रदेश टुक्राउने बारेमा बोलेनन् । माओवादी केन्द्रको नेतृत्वमा त सरकार नै थियो । यो हारको पहिलो कारण रहेको विश्लेषक युवराज कँडेल बताउँछन् ।

महानगरपालिका नबनाउने गल्ती 
उपमहानगरपालिकालाई महानगरपालिका बनाउने कुरामा पनि कांग्रेस नेतृत्वको सरकार चुकेको आरोप लाग्यो । बुटवलभन्दा कम पुर्वाधार भएका नगर महानगरपालिका बने । यसले धेरै बुटवलवासी यी दुई पार्टीसँग र कार्यकर्ता आफ्नै नेतासँग रुष्ट भए । सट्टामा एमालेले प्रदेश नम्बर ५ नटुक्राउने, प्रदेशको राजधानी बुटवल बनाउने र बुटवल, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिका जोडेर महानगरपालिका बनाउने पहिलो प्राथमिकतामा राख्यो । धेरै मतदाता एमालेका यी एजेण्डाबाट प्रभावित भएको पूर्व सांसद रामचन्द्र भट्टराई बताउँछन् ।

महिला संवेदना
महिला संवेदना लिन नसक्नु गठबन्दनको अर्को गल्ती हो । नियममा एक दलले एक महिला उठाउनु पर्ने भएपनि गठबन्धनले प्रमुख उपप्रमुख दुवैमा महिला उमेदवार बनाएनन् । यसले दलभित्रकै महिला पनि रुष्ट भए । यो रुष्टता एमालेबाट उपमेयर पदकी उम्मेदवार गोमा आचार्यलाई मत दिएर पोखेको गैर सरकारी सस्था महासंघकी केन्द्रीय सदस्य सुमित्रा शर्मा बताउँछिन् ।

विकास योजना
यस क्षेत्रका सांसद विष्णु पौडेल अर्थमन्त्री भएका बेलो निकै ठूला र महत्वकांक्षी विकास योजना बुटवल र आसपासमा गरेका छन् । कालीगण्डकी तिनाउ डाइभर्सन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ६ लेन बेलहीया बुटवल मार्ग, शान्ति मार्ग, लुम्बिनी पर्यटन मार्ग, बेलवास बेथरी सडकलगायत त्यसका उदाहरण हुन् । यसले विकास चाहाने युवा र व्यवसायीको मत एमालेले तानेको बुटवल नगरपालिकाका पूर्वउपप्रमुख विमलबहादुर शाक्य बताउँछन् ।

अव्यवस्थित वसोवासी 
बुटवलका ६६ हजार ६ सय ६३ मध्ये एक चौथाई मतदाता अव्यवस्थित वसोवासी हुन् । यस क्षेत्रमा एमालेको पकड छ । टोल समिति, वस्ती विकास समिति धेरैमा एमालेको वर्चस्व छ । कांग्रेस अव्यवस्थित क्षेत्रमा कमजोर छ । माओवादी केन्द्रका पक्षमा भन्दा फुटेर गएका माओवादी पक्षधर बढी छन् । यसले पनि गठबन्धनले जित्न नसकेको हो ।-कान्तिपुर दैनिकबाट

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ