एजेन्सी , असार २१ ।
अर्र्जेिटनी स्ट्राईकर लियोनल मेसीले बार्सिलोनासँगको थप ४ बर्षका लागी अनुबन्धन सम्झौता थप गरेका छन् ।
बार्सिलोनाका स्ट्राईकर समेत रहेका मेसीले क्लबसँग ४ बर्षको नयाँ सम्झौता गर्न सहमती जनाएका हुन् तर सम्झौता पत्रमा हस्ताक्षर भने प्रि सिजनको ट्रेनिङमा फर्किएपछि गर्ने छन्
१३ बर्षको उमेरमा बार्सिलोनासंग अनुबन्धन भएका मेसीको बार्सिलोनासँगको पुरानो सम्झौता अर्को बषबाट समाप्त हुन्छ ।
उनलाई कीर्तिमानी मूल्यमा भित्राउन इङ्लीस क्लब म्यान्चेष्टर सिटीले प्रयास गरेको थियो ।
बार्सिलोनाले आज बिज्ञप्ति निकालेर मेसीको नेतृत्वमा क्लब सफलताको नयाँ युगमा प्रवेश गर्ने बताएको छ । सन् २००४ मा बार्सिलोनाबाट क्लब फुटबलमा डेब्यु गरेका मेसीले ५ सय ८३ म्याचमा कीर्तिमानी ५ सय ७ गोल गरेका छन् ।
बाल्यकालकी साथीसँग भर्खरै विवाह बन्धनमा बाँधिएका मेसी अहिले हनिमुनमा छन् । उनले ला लिगा फुटबलमा कीर्तिमानी ३ सय ४९ गोल गरेका छन् ।