कृष्णपुर नगरपालिकामा एमाले विजयी

कृष्णपुर नगरपालिकामा एमाले विजयी

  • बुधबार, असार २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

भीमदत्तनगर, २१ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

प्रमुखमा कर्णबहादुर हमाल छ हजार ७०६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हेमराज ओझाले पाँच हजार ७६० मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेकी रमिता राना सात हजार १८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी भुवनेश्वरी जोशीले पाँच हजार ९२८ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रमुखमा जोगराम चौधरीले पाँच हजार ७५४ तथा र उपप्रमुखमा शर्मिला थापाले पाँच हजार ४०३ मत प्राप्त गर्नुभयो । कृष्णपुर नगरपालिकामा कुल २१ हजार ८९४ मत खसेको थियो । नौवटा तह रहेको कञ्चनपुरमा भीमदत्तनगरपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाको मतपरिणाम आउन बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ