पोखरामा क्रिकेट लिग हुने , राष्ट्रिय खेलाडीले खेल्न नपाउने

पोखरामा क्रिकेट लिग हुने , राष्ट्रिय खेलाडीले खेल्न नपाउने

  • बुधबार, असार २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

कास्की , २१ असार ।
पोखरामा साउन १९ गतेदेखि माछापुच्छ्रे क्रिकेट लिग हुने भएको छ ।

६ टोलीको सहभागिता रहने प्रतियोगितामा राष्ट्रिय खेलाडीले भने खेल्न पाउने छैनन् । प्रतियोगितामा कास्की, पर्वत, स्याङ्जा, बाग्लुङ, तनहुँ र कलेजको एक टोलीले प्रतिस्पर्धा गर्नेछन् । खेल पोखराको नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रको मैदानमा हुने भएको छ ।

लिगमा प्रतिस्पर्धा गर्ने ६ टोलीको कप्तानको नामसमेत सार्वजनिक गरिएको छ । जसमा कास्कीको टिमको कप्तानमा दीपेश खत्री, कलेजको रवि ढकाल , तनहुँ राज गुरुङ , स्याङजा दिवाकर थापा , पर्वतमा राजु थापा र बाग्लुङको विजय विक रहेका छन् । अब भाग लिएका टोलीले प्रतियोगिता लागि खेलाडी अनुबन्धन गरी तयारी गर्नेछन् ।
खेलाडीलाई सम्बन्धित जिल्लाले अक्सन मार्फत भित्रयाउनेछन् । प्रतियोगिताको विजेता टोलीले तीन लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ