एक महानगर र चार उपमहानगरको मतगणना जारी : धरानमा अझै गणना सुरु भएन ,कहाँ को अगाडि ?

एक महानगर र चार उपमहानगरको मतगणना जारी : धरानमा अझै गणना सुरु भएन ,कहाँ को अगाडि ?

  • बुधबार, असार २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौ २१ असार ।
दोस्रो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । जसमा एक महानगरपालिका र पाँच उपमहानगरपालिकाको मत परिणाम सार्वजनिक हुन बाँकी छ । सात उपमहानगर मध्ये दुइ उपमहानगरको मत परिणाम भने यस अघि नै सार्वजनिक भइसकेको छ ।

दोस्रो चरणमा निर्वाचन भएका एक मात्र महानगर विराटनगरमा महानगरपालिकामा नेपाली कांग्रसले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका भिम पराजुली १० हजार १ सय ५६ मतसहित शिर्ष स्थानमा हुनुहुन्छ ।

यस्तै नेकपा एमालेका तर्फबाट मेयरका उमेदवार बिनोद ढकाल ७ हजार १ सय ४२ मतसहित दोस्रोमा हुनुहुन्छ भने नयाँशक्ति र संघिय समाजवादी फोरमका तर्फबाट साझा उमेदवार उमेश यादवले ५ हजार ५ सय ८९ मत प्राप्त गर्नुभएको छ ।

उपमहानगरपालिका तर्फ बाँकी रहेका पाँच उपमहानगरपालिको पछिल्लो मत परिणाम अनुसार चारमा एमालेको अग्रता कायम छ भने एक उपमहानगरमा नेपाली स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

यस्तै इटहरी उपमहानगरपालिकामा नेकपा एमालेका द्धारीकलाल चौधरी १२ हजार ९ सय ५८ मतसहित शिर्ष स्थानमा कायम छ भने कांग्रेसका रोहित प्रसाई १२ हजार १ सय ८० मतसहित दोस्रो स्थानमा छ । माअ‍ोवादी केन्द्रका हरिमाया जिमीले १ हजार ९ सय ९९ मत पाउनु भएको छ ।

धरान उपमहानगरपालिकाको मतगणना भने गत सोमबार राति देखि स्थगित भएको छ । धरानको वडा नं. ९ र १० को मतगणना सम्पन्न भई परिणाम सार्वजनिक गर्ने क्रममा माओवादी केन्द्रसँग गठबन्धन गरी उपप्रमुखमा उठेका संघीय समाजवादी फोरमका पारस काङवाङको मत फरक रहेको भन्दै माओवादी केन्द्र र संघीय समाजवादी फोरमले विरोध जनाएपछि मतगणना रोकिएको हो । ४ पटक सर्वदलिय बैठक बसेपनि बैठक निष्कर्ष्विहिन भएपछि गणना सुरु हुन सकेको छैन ।

बुटवल उपमहानगरपालिका पनि एमालेका शिवप्रसाद सुवेदी १९ हजार ६ सय ४३ मतसहित शिर्ष स्थानमा हुनुहुन्छ । दोस्रो स्थानमा रहेका कांग्रेस उमेदवार खिलराज पाण्डेले १७ हजार २ सय २८ मत पाउनु भएको छ ।

यस्तै तुल्सीपूर उपमहानगरपालिकामा एमाले उमेदवार घनश्याम पाण्डे १४ हजार ७ सय ७२ मतसहित शिर्ष स्थानमा रहँदा कांग्रेसका गेहेन्द्र गिरी १२ हजार १ सय ३९ मत सहित दोस्रोमा हुनुहुन्छ । नेकपा माओवादी केन्द्रका शेशुराम भण्डारीले ५ हजार १ सय ९४ मत पाउनु भएको छ ।

धनगढी उपमहानगरपालिकामा भने स्वतन्त्र उमेदवार गोपाल हमाल ७ हजार ९५ मतसहित शिर्ष स्थानमा हुनुहुन्छ भने नेपाली कांग्रेसका नृप वड ६ हजार ८ सय ५२ मतसहित दोस्रोमा हुनुहुन्छ । एमालेका दुर्गा जोशीले ५ हजार २३ मत पाउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ