काठमाडौं ।
एउटै अन्तरवार्ताको कारण अहिले निकै विवादमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गैरजिम्मेवारीपन र लापरवाहीको धेरैले सामाजिक संजालमा असन्तुष्टि पोखिने क्रम राेकिएका छैनन् ।
त्यसो त सबैभन्दा बढी ब्यंग्य गरिने नेतामा पर्छन् देउवा । गाइजात्रा बाहेक पनि अन्य सामान्य अवस्थामा कमेडियनहरुको देउवाको शैली र प्रबृत्तिमाति रोचक ब्यंग्य गर्दआएका छन् । यस्तैमा केही समयअघि मात्रै चर्चित हास्य ब्यंग्यकार सिताराम कट्टेल (धुर्मुस)ले देउवाको ब्यंग्य गरेका छन् । अर्का एक पत्रकारसँग अन्तरवार्ता दिएको शैलीमा धुर्मुसले देउवाको शैलीमाथि कडा ब्यंग्य गरे । नेपाली कांग्रेसलाई देउवाको नेतृत्व शैली र कांग्रेसभित्र युवाको प्रतिनिधित्व हुन नसकेको विषयमाथि धुर्मुसको ब्यंग्य केन्द्रित छ । साथै देउवाका केही ब्यक्तिगत कमजोरीमाथि पनि ब्यंग्य गरिएको छ । यसबाहेक देउवाका आन्तरिक कुरा र अन्य रोचक प्रसंगमाथि ब्यंग्य गरिएको छ ।
हेर्नुस् भिडियाे ।