जितपछि मोरङमा काग्रेसको हर्कबडाई : विजयउत्सव मनाउदै कार्यकर्ता , सडकमा झण्डा फहरीए !

जितपछि मोरङमा काग्रेसको हर्कबडाई : विजयउत्सव मनाउदै कार्यकर्ता , सडकमा झण्डा फहरीए !

  • सोमवार, असार १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

१९ असार, मोरङ ।

नेपाली काग्रेसले मोरङ जिल्लाका बिभिन्न स्थानीय तहमा जित हासिल गर्न थालेपछि कार्यकर्ताहरु खुसियाली मनाउन थालेका छन् ।

उत्तरपूर्वी मोरङका स्थानीय तहमा एकपछि अर्को जित हात पार्न थालेपछि कांग्रेसका कार्यकर्ताले सडकमा उत्रेर विजयोत्सव मनाउन थालेका हुन् ।

डिकमा काग्रेसका झण्डाहरु फरिएका छन् भने कांग्रेस समर्थकहरुको अनुहारमा समेत झण्डा पेन्टिङ गरेर खुसियाली मनाउन थालेका छन् ।

लेटाङ र रतुवामाई दुवै नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले जित हात पारेको छ । तर, यी दुवै नगरपालिकाका उपमेयर पदमा भने एमालेले जित हात पारेको छ ।

उत्तरी मोरङकै अर्को गाउँपालिका केराबारीमा पनि कांग्रेसले अध्यक्ष जितेको छ । त्यहाँ पनि उपाध्यक्षमा एमालेले जितेको छ । उत्तरी मोरङको मिक्लाजुङमा भने एमालेले जित हात पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ