प्रचण्ड चुनाव जीत्न चाहन्छन् भने लाजिम्पाट दरबार छाडेर जनताको घरमा फर्किनु पर्छ …

प्रचण्ड चुनाव जीत्न चाहन्छन् भने लाजिम्पाट दरबार छाडेर जनताको घरमा फर्किनु पर्छ …

  • सोमवार, असार १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

आनन्द शर्मा
यस पटक स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले दिएको नारा थियो । गाँउ नगरमा सिंहदरबार । १० वर्ष लामो शसस्त्र युद्धबाट पैदा भएको राजनीतिक हैसियतलाई माओवादीले जब चुनावमा बदल्यो शुरुमा जनताले अपार विस्वास देखाए २०६४ सालमा । त्यतिखेर आधा निर्वाचन क्षेत्रमा प्रत्यक्ष जीतेर ठूलो पार्टी बनेको थियो ।
तर जनतामा व्यक्त गरिएका प्रतिवद्धता अनुसार माओवादीले काम गर्न सकेन या जनताले पत्याएनन् । विस्तारै माओवादीको शाख कमजोर हुदै गयो । अझ पार्टी विभाजन अनेकौ चरणमा भए पछि त्यसको पनि स्वभाविक असर पर्दै गयो ।
आफै ठूलो पार्टी बनेको सविधान सभा विघटन गराएर दोस्रो सविधान सभाको निर्वाचन गर्दा २०७० सालमा माओवादी कमजोर हैसियतको तेस्रो स्थानमा खुम्चियो । अहिले उसगँ केबल ८२ जना सासद छन् । यही माओवादीको सासद ६४ सालमा २ सय ३८ सम्म थियो ।
अहिले तेस्रो निर्वाचन अर्थात स्थानीय तहको निर्वाचनको मत परिणाम धमाधम आउने क्रम चलिरहेको छ । अहिले सम्म भएका निकायका निर्वाचनमध्य एमाले पहिलो , काग्रेस दोस्रो स्थानमा छ र माओवादी उही तेस्रो फेरी पनि कमजोर हैसियतका साथमा । अझ काठमाण्डौंमा माओवादीको जनमत साझा पार्टी र विवेकशिल पार्टीको जति पनि देखिएन ।
माओवादीले भनिरहेको छ संघीयता सहितको सविधान माओवादीको एजेण्डा हो, लोडसेडिग हटाएको माओवादीले हो , बाटो फराकिलो पारेको माओवादीले हो , समानुपातिक समावेशीता ल्याएको माओवादीले हो ।
अझ अहिले थपियो सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याएको माओवादीले हो ।
यदी यी काम सबै माओवादीले गरेको भए जनताले किन माओवादीलाई साथ दिएनन् ? किन उसले चुनावमा लज्जास्पद हार व्यहोरीरहेको छ ? यसको कारण माओवादीले बस्तुगत रुपमा नखोजी सामाजिक सञ्जालमा उसका कार्यकर्ताहरुले जनतालाई गाली गरे जस्तो , गुनासो गरे जस्तो गरीरहेका छन् ।
मुख्यतयाः माओवादीले हार्नुको कारण उसको चरित्र पुराना पार्टीको जस्तै बन्नु हो । युद्धमा उसले गरेको बाचा र त्यसैका निम्ती मारीएका १७ हजार मानिसको रगतको मुल्य यही संसदीय व्यवस्था र यसको निर्वाचन मात्रै थियो त ? जनताले के चाहेका थिए र माओवादीले के गर्यो यो स्वयं माओवादी र उसका नेताहरुले बुझेका छन् जस्तो मलाई लाग्दैन ।
ठोस प्रतिवद्धता लागु पर्ने प्रयास नहुनु
गरीबी, अशिक्षा र अल्प विकासको पीडामा रहेका जनताले के महसुस गरेका थिए भने माओवादी सरकारमा आए पछि केही राहत हुन्छ । न्याय र समानता पाईने छ । तर माओवादी अहिले सम्म आफ्नै नेतृत्वमा तीन पटक र अन्यमा गरेर आधा दर्जन पटक सरकारको हिस्सेदार बनेको छ । त्यस बेला उनीहरुले गरेको काम र काग्रेस एमालेको काममा तात्विक भिन्नता जनताले महसुस गर्न सकेनन् । होला साना तिना राहतका काम उनीहरुले गरे तर त्यो विगतको प्रतिवद्धता अनुसार शिक्षा, श्वास्थ्य र गासँ , बास कपासको क्षेत्रमा उनीहरुले जनतामा आफ्नो भूमिका प्रस्तुत गर्न सकेनन् ।
हजारौं लडाकुहरु अहिले खाडीमा छन् त कोही झाडी र झुपडीमा । घाईते, अपागं, वेपत्ता, शहीद परिवार समेत माओवादी नेताहरुप्रति खुसी हुन सकेका छ्रैनन् । जब आफैले बनाएको कार्यकर्ता र जनताले त विस्वास गर्न सकेको छैन भने मध्यम वर्गीय जनमतले चुनाव जीत्ने माओवादीको सपना विद्यमान व्यवस्थामा पुरा हुन किनै कठिन हुने देखिन्छ ।
नेतृत्वको सम्पत्ति मोह…..
युद्धकालमा थुप्रै बैंकहरु लुटिए । सुन चादीँ पैसा अथाह कब्जा भएको थियो । तर ती सुन चादीँ कसले बेचेर खायो ? क कसले यसबाट गाडी महल खरीद गरेका छन् ? मन्त्री भए पछि या पार्टी हैसियतको दुरुपयोग गरेर कहाँ कहाँ जग्गा देखि उद्योग धन्दा र संस्थानहरुबाट कमिसन खाईएको छ ? यसको ठोस उत्तर कसले दिन सक्छ ?
यसले जनतामा के धारणा बनेको छ भने माओवादीमा मान्छे लागेको त उही पैसा कमाउन मात्रै रहेछ । यस्तो बुझाई बनेका जनताले माओवालीलाई किन भोट दिएनन् भनेर गाली गर्नुको औचित्य छैन ।
सबै भन्दा पार्टी भित्रै र बाहिर पनि सर्वाधीक आलोचनाको विषय बनेको प्रचण्डको लाजिम्पाट दरबारको आरामदायी बसोबास । जनता र कार्यकर्ताले मन नपराएको अर्को विषय प्रचण्ड स्वयंको विलासी जीवनशैली र सम्पत्ति मोह हो भन्ने गरीन्छ । पार्टीेले निर्णय नै गरेर अर्को डेरा खोज्ने भनिए पनि वर्षोदेखि प्रचण्ड लाजिम्पाटको आलिसान महलमा बास बसिरहेका छन् । दशौं करोड मुल्य पर्ने यो महल भाडामै भनिए पनि प्रचण्डसगँ सन्निकट सम्बन्ध भएका अजय सुमार्गीको नातेदारको यो घर हुनुले धेरैले यसलाई अझै पनि रहस्यमय मानिरहेका छन् ।
भियतनाममा लामो संघर्ष पछि उदाएका नेता हो चि मिन्हले आफू राष्ट्रपति भए पछि पनि झुपडीमै बसे । उरुग्वेका हालका राष्ट्रपति पनि कृषि फर्म जस्तोमा जीवन विताईरहेका छन् । तर नेपालमा हजारौ गरीब जनताको ज्यान लिएर आएको परिवर्तनको आभास हुन नपाउदै प्रचण्ड आलिसान महलमा बसोबास गर्न थाले पछि जनता र कार्यकर्ता रुष्ट भए भने प्रचण्ड मुनिका नेताहरुले आर्थिक जोहोमा व्यापक लागे ।
अहिले केहीलाई छाडेर हेर्ने हो भने धेरै जसो माओवादी नेताहरुले पर्याप्त मात्रामा सम्पत्ति जम्मा गरीसकेको सोही पार्टी भित्रकै नेता कार्यकर्ता बताउछन् ।
यसरी जनताको सेवामा आदर्शभाव सहित जाने भन्दा पनि पैसाको चलखेलमा लाग्ने कदमले माओवादी तल्लो तहसम्म पनि विग्रिएको अनुमान गर्न सकिन्छ ।
डेरामा बस्ने र फेसबुकमा स्टाटस लेख्ने कार्यकर्ता …
अहिले धेरै माओवादी कार्यकर्ताहरु गाँउमा जनताकोमा जाने संगठन बनाउने भन्दा बढी फेसबुकमा स्टाटस लेख्ने र टिप्पणी गर्नेमा व्यस्त भएको देखिन्छ । उनीहरुले अहिले सामाजिक सञ्जालमा गाउँ गाउँमा सिंहदरबार पुर्याएको भने पनि जनताले मत नदिए पछि उनीहरु जनतामाथि नै असन्तुष्टी पोखिरहेको देखिन्छ । जुन भविष्यको लागि अर्को खतरा बन्न सक्छ । बेलैमा पाठ सिकेको राम्रो । काग्रेस एमाले राम्रो भएर हैन , माओवादी विग्रिएकाले जनता पुरानै अवस्था तर्फ फर्किएका हुन् । जनताको माओवादी , जनताको पार्टी बन्ने हो भने जनता त फेरी पनि आउछन् कसैले सधैभरी जनतालाई टाँसेर राख्न सक्छन् र ? त्यसैले चुनाव जीत्न चाहने हो भने प्रचण्ड लाजिम्पाट दरबार छाडेर जनताको घरमा फर्किनु पर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी