प्रश्न गर्ने युवामाथि देउवा यसरी खन्निए प्रधानमन्त्री देउवा…भिडियो हेर्नुस )

प्रश्न गर्ने युवामाथि देउवा यसरी खन्निए प्रधानमन्त्री देउवा…भिडियो हेर्नुस )

  • आइतवार, असार १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

असार १९ काठमाण्डौं । उसो त प्रधानमन्त्री शेर बहादुर देउवा मिडियामा कमै बोल्न रुचाउने नेतामा पर्दछन् । उनको बोलीको स्पष्टता नभएकाले पनि मिडियामा आउन नचाहेको हो कि भन्ने पनि बताईन्छ ।
तर यस पटक प्रधानमन्त्री भए पछि विविसी साझा सवालले सरकारी निवास वालुवाटारमै छायाकंन गरी आईतबार कान्तिपुर टेलिभिजनबाट प्रशारण गरेको कार्यक्रममा देउवाले एक प्रश्न कर्ता युवालाई थर्काएका छन् ।
देउवालाई जब सेतो सर्ट लगाएका युवाले बेलायतमा ७० वर्ष देखिका सबै प्रधानमन्त्री अक्सफोर्ड विश्व विद्यालयमा पढेर आएका छन् तर नेपालमा खै तपाई कहिले विस्थापित हुने ? सिंहापुरमा लिक्वानलाई ढुंगा दिईएको थियो र उनले हिरा बनाए तर तपाईलाई हिरा दिईएको छ र त्यसलाई ढुंगा बनाउनु भयो ? भने पछि देउवा आक्रोसित हुदै उनलाई थर्काएका थिए ।
उनको यो प्रश्नको जवाफ देउवाले दिन शुरु गरेका थिए कि नेपालमा जस्तो विद्यालय छ त्यस्तैमा पढ्ने हो भने पछि युवाले फेरी प्रश्न गरे अक्सफोर्ड होईन…भन्नासाथ तपाई बढ्था बोल्दै हुनुहुन्छ भन्दै देउवा कस्सिएका थिए ।
त्यस पछि अर्का युवाले उठेर तपाई यदी जनप्रतिनिधि हो भने उहाँ ( प्रश्न गर्ने युवा ) को जवाफ दिनु पर्छ भने पछि फेरी पनि देउवाले अक्सफोर्डको विषय नै उठाएर आक्रोस व्यक्त गरेका थिए । उनले ती युवाप्रति लक्षित गर्दै निहु खोजेको शब्द समेत निकालेका थिए ।
देउवाले जनताले आफुलाई प्रधानमन्त्री बनाएको , संसदको बहुमतले भएको भन्दै के तपाई हुने त ? जस्ता आक्रोसित जवाफ दिएका थिए ।
त्यस अघि शुरुमा कविताको शैलीमा तारा प्रसाद त्रिपाठीले वृद्धाभत्ताबारे राखेको जिज्ञासामा प्रधानमन्त्री देउवाले भत्ता दोव्वर बनाउने लक्ष्य रहेको बताएका छन् ।
हरेक प्रश्नको छोटो उत्तर दिएका देउवाको यो शैलीप्रति सामाजिक सञ्जालमा निकै ठूलो आलोचना भईरहेको छ ।

https://www.facebook.com/onlinemirmire/videos/1429867490453495/

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ