पतिसँग सम्बन्ध बिच्छेदपछि अभिनेत्री रेखाले कोसँग बिवाह गरिन ? यस्तो छ उनको सिन्दुरको रहश्य !

पतिसँग सम्बन्ध बिच्छेदपछि अभिनेत्री रेखाले कोसँग बिवाह गरिन ? यस्तो छ उनको सिन्दुरको रहश्य !

  • आइतवार, असार १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

एजेन्सी ।

भारतीय अभिनेत्री रेखा सँधैजसो आफ्नो सिउँदोमा सिन्दुर लगाएर हिड्छिन्, तर  उनले अाफ्ना पतिसँगकाे सम्बन्ध ताेडिसकेकाले कस्काे नामकाे सिन्दुर लगाएर हिड्छिन् भन्ने कसैलाइ पत्ताे छैन ।   पछिल्लो समयमा भने अभिनेत्री रेखाको जीवनमा आधारित किताब ‘रेखा दअनटोल्ड स्टोरी’लाई लिएर बलिउड क्षेत्रमा नै हंगामा मच्चिएको छ ।

यस किताबमा उनको जिन्दगीसँग जोडिएका सम्पूर्ण रहस्यको पर्दा उठेको छ । तर, किताबमा लेखिएको छ, ‘जब अमिताभ रेखादेखि टाढा भए र विनोद मेहरासँगको रेखाको वैवाहिक सम्बन्ध पनि समाप्त भयो, तब उनी एक्ली भइन् । त्यस समय संजय दत्त फिल्म ‘जमीन–आसमान’को सुटिङ गर्दै थिइन् । त्यस समय रेखा र संजय दत्त नजिकिएका थिए र दुवै जना एक–अर्कासँग प्रेम गर्न थाले ।’

त्यस्तै अगाडि लेखिएको छ, ‘फिल्म सुटिङ सकिँदा नसकिँदै दुवैले विवाह गरे । दुवै जना घरबाट टाढा, गायब रहे र आ–आफ्नो घरमा केही बताएनन् । तर, जब रेखा र संजय दत्तको विवाहको कुरा सुनिल दत्त९संजयका बुबा०ले थाहा पाए, निक्कै उनी रिसाए । उनले संजय दत्तलाई खोजे र रिचा शर्मासँग विवाह गरिदिए ।’ रेखा संजय दत्तभन्दा ५ बर्ष जेठी छिन् । खबरलाई मान्ने हो भने रेखाले संजय दत्तको नामको सिँदुर आफ्नो सिउँदोमा लगाउँछिन् । यो किताब यासीर उस्मानले लेखेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी