हालसम्म १९६ तहको अन्तिम परिणाम घोषणा

हालसम्म १९६ तहको अन्तिम परिणाम घोषणा

  • आइतवार, असार १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, १८ असार । दोस्रो चरणअन्तर्गत असार १४ गते ३५ जिल्लामा भएको निर्वाचनमा हालसम्म १९६ स्थानीय तहको अन्तिम परिणाम प्राप्त भएको छ ।

निर्वाचन आयोगमा स्थापित संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार हालसम्म प्रदेश नं १ का ७१, प्रदेश नं ५ का ६० र प्रदेश नं ७ को ६५ स्थानीय तहको अन्तिम मत परिणाम घोषणा भएको हो ।

त्यसैगरी प्रदेश नं १, ५ र ७ का क्रमशः ६६, ४८ र २३ गरी अहिले १३७ स्थानीय तहको मतगणना जारी रहेको आयोगले जनाएको छ ।

दोस्रो चरणअन्तर्गत ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछ । उक्त निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ