बैतडीका १० वटै स्थानीय तहको नतिजा सार्वजनिक (सुचीसहित)

बैतडीका १० वटै स्थानीय तहको नतिजा सार्वजनिक (सुचीसहित)

  • आइतवार, असार १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

बैतडी ,१८ असार ।

बैतडीको १० वटै स्थानीय तहको मत गणना सम्पन्न भएको छ । अन्तिम मतपरिणम अनुसार नेपाली कांग्रेस ६, नेकपा एमाले ३ र नेकपा माओवादी केन्द्र एक स्थानमा विजयी भएको छ ।

दशरथचन्द नगरपालीका को मेयरमा नेपाली काग्रेसका नरेन्द्रसिंह थापा ३ हजार ७ सय ६२ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी राप्रपाका पुष्करराज जोशीले ३ हजार ७ सय मत ल्याउनु भयो ।

उपमेयरमा काग्रेसकै मिना चन्द विजयी हुनुभएको छ । उहाँले ३ हजार ७ सय ३१ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्धन्दी एमालेकी सरस्वती नेपालीले २ हजार ९ सय ९७ मत ल्याउनु भयो ।

पाटन नगरपालीकामा पनि मेयर र उपमेयरमा नेपाली काग्रेसले नै जित हासिल गरेको छ । मेयरमा केशवबहादुर चन्द ४ हजार ८ सय ३३ मत ल्याएर विजयी हुदाँ उहाँका निकटतम प्रतिद्धन्दी एमालेका नरेश बि.क.ले ३ हजार ३ सय ८२ मत ल्याउनु भएको छ ।

उपमेयर विजयी सरस्वती कोलीले ३ हजार ६ सय ९५ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्धन्दी एमालेकी दुरा भट्टराईले ३ हजार ४ सय ५६ मत पाउनुभएको छ ।

यस्तै पुर्चौडि नगरपालीकाको मेयर र उपमेरमा नेकपा माओवादी केन्द्रले जितेको छ । मेयरमा रणबहादुर कुँवर ४ हजार ४ सय ४६ मत सहित विजयी हुनुभएके छ भने उपमेयरमा जानकी बम ४ हवार ९ सय ८४ मतसहित विजयी हुनुभएको छ ।

कुँवरका प्रतिद्धन्दी काग्रेसका दिपबहादुर बमले ४१११ र उपमेर बमका निकटतम प्रतिद्धन्दी एमालेकी जानकी कुँवर ३७८७ मत ल्याउनु भएको छ ।

मेलौली नगरपालीका भने मेयर र उपमेरमा नेपाली काग्रेसले जित हासिल गरेको छ । मेयरमा काग्रेसका कृष्णसिंह नायकले २ हजार ३ सय ४४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका भिमबहादुर चन्दले २ हजार ६४ मत ल्याउनु भएको छ ।
यस्तै उपमेयरमा २ हजार १ सय ५२ मत सहित काग्रेसकी राधा ओझा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी एमालेकी मानमती भट्ट २ हजार १८ मत प्राप्त गर्नुभएको छ ।

डीलासैनी गाउँपालीकाको प्रमुखमा नेकपा एमालेका उकेन्द्र बोहरा २ हजार ६ सय ६३ मत सहित विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी काग्रेसका कर्णबहादुर रानाले २ हजार २ सय ५२ मत पाउनु भयो ।

उपप्रमुखमा पनि एमालेकै पार्वती राना २ हजार ६ सय ९६ मत सहित विजयी हुनुभयो । भने उहाँका निकटतम प्रतिद्धन्दी काग्रेसकी जानका कार्कीले २ हजार २ सय ८ मत प्राप्त गर्नुभएको छ ।

दोगडाकेदार गाउँपालीकामा प्रमुखमा एकालेका चक्रबहादुर कार्की र उपप्रमुखमा पार्वती कार्की विजयी हुनुभयो । प्रमुख कार्कीले ३ हजार १ सय ४९ मत ल्याउदा माओवादी केन्द्रका तारासिंह कुँवरले २ हजार ७ सय ९१ प्राप्त गर्नुभयो ।

पार्वतीले ३ हजार २ सय १७ मत ल्याएर जित हासिल गर्नुभएको हो भने उहाँका निटतम पत्रिद्धन्दी माओवादी केन्द्रकै लक्ष्मी ओडले २ हजार २ सय ९६ मत प्राप्त गर्नुभयो ।

यस्तै पन्चेश्वर गाउँपालीकामा पनि प्रमुख र उपप्रमुखमा एमाले नै विजयी भएको छ । एमालेका गोरखबहादुर चन्द २ हजार ६ सय ८ मत ल्याएर प्रमुखमा जित्दा उप्रमुखमा बिना भट्ट २ हजार ४ सय २४ मत सहित विजयी हुनुभयो ।

चन्दका प्रतिस्पर्धी काग्रेसका दिनेशबहादुर चन्दले १७ सय २८ ल्याउदा भट्टकी प्रतिस्पर्धिले काग्रेसकै बिन्दु चन्दले १८ सय ४७ ल्याउनु भएको छ ।

यस्तै शिवनाथ गाउँपालीकाको प्रमुखमा नेपाली काग्रेसका कर्णसिंह साउद विजयी हुनुभएको छ । उहाले २ हजार ३ सय ५१ मत प्रप्त गर्दा एमालेका भरत मडैले २ हजार ३ सय १४ मत ल्याउनु भयो ।

उपप्रमुखमा एमालेकी कुस्मा चन्द २ हजार ३ सय ६८ मतले विजयी हुनुभयो । उहाँलाई पछ्याउने क्रममा काग्रेसका झापु महताले २ हजार १ सय २४ मत ल्याउनु भएको थियो ।

सिगास गाउँपालीकामा प्रमुखमा काग्रेसका हरिसिंह धामी २ हजार ३ सय ३२ मत सहित विजयी हुँदा उपप्रमुखमा पनि काग्रेसकै ख्रोपती चन्द १ हजार ८ सय ५५ मतसहित विजयी हुनुभयो ।

प्रमुखका प्रतिद्धन्दी राप्रपाका रामसिंह साउदले १ हजार ४ सय ७३ र उपप्रमुखका प्रतिद्धन्दी एमालेका भृकुटि चन्दले १ हजार ४ सय ५५ मत ल्याउनु भयो ।

यस्तै सुर्नया गाउँपालीकाको प्रमुखमा पनि नेपाली काग्रेसकै बीरबहादुर बिष्ठ २ हजार ४ सय ५३ मत सहित विजयी हुनुभक्एो छ । उहाँका निकटतम प्रतिद्धन्दी एमालेका नरेन्द्र बिष्टले २ हजार २ सय ७६ मत पाउनु भएको छ ।

उपमेयरमा भने एमालेका लिला बिष्टले २ हजार ३ सय ४ मत ल्याएर विजयी हुनुभएको । उहाँका निकटतम प्रतिद्धन्दी भागरथी बोहरा २ हजार १ सय ८७ मत प्राप्त गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ