८ असार,काठमाडौं ।
केही दिन पहिलो दार्जिलिङ अान्दोलनलाई लिएर नेपाली मूलकी भारतीय युवती सीमा सुवेदीले नेपाल र नेपालीबारे दिएको प्रतिक्रियाको जवाफ विभिन्न तरिकाले नेपालीहरुले दिइरहेका छन् ।
पश्चिम बंगाल सरकारले नेपालीभाषीमा गरेको दमनको विरोध गरेका थिए । त्यही विषयमा दार्जिलिङकै सुवेदीले सामाजिक सञ्जालमा अश्लील शब्दमा नेपालीमाथि गाली गरेकी थिइन् ।
नेपाली चेली संगीता रायमाझीले सीमाको उक्त अभिव्यक्तिको जवाफ गीतमार्फत जवाफ दिएकी छन् ।
नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै चर्चा कमाउँन सफल संगीताको स्वर रहेेको राष्ट्रिय गीत सार्वजनिक भएको छ ।
‘हामी गोरखाली हामी नेपाली’ बोलको उक्त गीतका कतिपया शब्दहरु सीमा सुबेदीले नेपालीहरुमाथी पोखेको अभिव्यक्तिको जवाफमा केन्द्रित छन् ।
बोल्दैमा केही गोरखाली नहुँने, गोरखाली र नेपाली हुनको लागि त शिरको आहुती दिन सक्नु पर्ने चेतावनीका शब्दमा उक्त गीतमा छन् । गायीकाको अाफ्नै शब्दमा निराजन सापकोटाले संगीत भरेका छन् भने एरेञ्ज र छायाँकन बुद्ध सायमीले गरेका छन् ।