१ सय ७३ स्थानीय तहको मतपरिणाम सार्वजनिक (अपडेट)

१ सय ७३ स्थानीय तहको मतपरिणाम सार्वजनिक (अपडेट)

एमाले ८२, कंग्रेस ६४ र माओवादी केन्द्र २३ र अन्य ४ स्थानीय तहमा विजयी

  • आइतवार, असार १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

असार १८, काठमाण्डौ ।

गत असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

प्रदेश नम्बर १ , ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ मध्ये १ सय ७३ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ ।

पछिल्लो नतिजा अनुसार नेकपा एमाले अग्र स्थानमा छ । एमालेले प्रदेश नम्बर १ का ३६, ५ का १९ र ७ का २७ गरी ८२ वटा स्थानीय तहमा जीत हासिल गरिसकेको छ ।

त्यस्तै दोश्रो स्थानमा रहेको नेपाली काग्रेस प्रदेश नम्बर १ मा १८, ५ मा १५ र ७ मा ३१ गरी जम्मा ६४ वटा स्थानीय तहमा विजयी भएको छ ।

त्यस्तै माओवादी केन्द्रले प्रदेश नम्बर १ का ७, ५ का ११ र ७ का ५ वटा गरी २३ वटा स्थानीय तहमा जीत दर्ता गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले खाता खोल्न सकेको छैन, उसले प्रदेश नम्बर १ को २ र ५ का २ गरी ४ वटा स्थानीय तहमा अग्रता बनाएको छ ।

राष्ट्रिय जनमोर्चाले प्रदेश नम्बर ५ का दुई र संघीय समाजवादी फोरमले प्रदेश नम्बर ५ को एउटा र नेपाल लोकतान्त्रिक फोरमले ५ नम्बर प्रदेशको एउटा स्थानीय तहमा जीत हासिल गरेको छ ।

मतगणना भइरहेका प्रदेश नम्बर १ मा ३५ स्थानमा नेकपा एमालेको अग्रता छ भने नेपाली काग्रेस ३४ स्थानमा अघि छ ।
२ स्थानमा माओवादी केन्द्रको अग्रता छ । यस्तै ३ स्थानमा अन्य दल अघि छ भने राप्रपाले २ स्थानमा अग्रता लिएको छ ।

प्रदेश नम्बर ५ का २२ स्थानमा नेकपा एमालेको अग्रता छ । मतगणना जारी रहेका मध्ये १९ स्थानमा नेपाली कांग्रेसको अग्रता छ भने माओवादी केन्द्र ८ स्थानमा अघि देखिएको छ । यस्तै राप्रपा १ र अन्य दल ११ स्थानमा अघि देखिएको छ ।

प्रदेश नम्बर ७ मा माओावादी केन्द्रको अग्रता बढी छ । माओवादी केन्द्र ६ स्थानमा अघि देखिदा नेकपा एमालेले र नेपाली कांग्रेस ८ ८ स्थानमा अगाडि देखिएका छन् । अन्य २ स्थानमा भने अन्य दल अघि छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ