काठमाडौं, असार १८ ।
मतगणनाको सुरुवातदेखि नै कांग्रेसले लिड गरिरहेको धरान र इटहरी उपमहानगरपालिकामा कांग्रेसलाई उछिन्दै नेकपा एमाले अगाडि आएको छ ।
पछिल्लो मतपरिणामअनुसार धरान उपमहानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार तारा सुब्बाले ४६३५ र उपमेयर मञ्जु भण्डारीले ४७९७ पाएकी छन् ।
कांग्रेसका मेयरका उम्मेदवार तिलक राईले ४२४३ र उपमेयरकी उम्मेदवार श्यामा रेग्मीले ४२३० मत पाएकी छन् ।
माअोवादी केन्द्रका अइन्द्रविक्रम नेम्वाङले २७०४ मत पाउनु भएको छ ।
त्यस्तै इटहरी उपमहानगरपालिकामा एमालेबाट मेयरका लागि उम्मेदवारी दिएका द्वारिकलाल चौधरीले ५५५७ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार रोहित प्रसाईले ५४१९ मत पाएकी छन् । माअोवादी केन्द्रका हरिमाया जिमीले ८ सय ३६ मत मात्रै पाउनु भएको छ ।
यससँगै एमालेले बुटवल, तुलसीपुर र घोराही उपमहानगरपालिकामा अग्रता लिएको छ । नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकामा अग्रता लिएको छ भने राप्रपाले नेपालगञ्ज उपमहानगरपालिकामा अग्रता लिइरहेको छ ।