धनकुटा जिल्ला बन्यो एमालेको किल्ला ,सबै स्थानीय तह जितेपछि विजय उत्सवको तयारी !

धनकुटा जिल्ला बन्यो एमालेको किल्ला ,सबै स्थानीय तह जितेपछि विजय उत्सवको तयारी !

  • आइतवार, असार १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ १८ असार ।
धनकुटाका सबै स्थानीय तहमा नेकपा एमाले विजयी भएका छन् । पछिल्लो मत परिणाम अनुसार महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेका पर्शुराम नेपाल ४ हजार ८ सय ९७ मत ल्याएर विजयी हुनुभएको हो ।

उपमेयरमा एमालेकी मन्जु अधिकारी ४ हजार ५ सय ३४ मतसहित विजयी हुनु भएको छ । धनकुटा नगरपालिकामा एमालेका चिन्तन तामाङ ४ हजार ९ सय ३३ मतसहित विजयी हुनु भएको छ भने उहाँका प्रतिद्धन्द्धी कांग्रेसका दिनेश राईले ४ हजार ८ सय १९ मत प्राप्त गर्नु भएको छ ।

यस्तै पाख्रीबास नगरपालिकामा एमालेका विर्षबहादुर राई ४ हजार ४ सय ३९ मतसहित विजयी हुनु भएको छ उहाँका प्रतिद्धन्द्धी कांग्रेसका इन्दिरा थापाले १ हजार ६ सय २८ मत प्राप्त गर्नुभएको छ ।

महालक्ष्मी नगरपालिका एमालेकै पर्शराम नेपाल विजयी हुनु भएको छ । उहाँले ४ हजार ८ सय ९७ मत पाउनु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका अग्निप्रसाद पौडेलले ३ हजार १ सय ५६ मत प्राप्त गर्नुभएको छ ।

चौबिसे गाउँपालिकामा एमालेका खजिन्द्र राई ३ हजार ७ सय ८४ मतसहित विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका हर्क चेमजोङले ३ हजार २ सय ७९ मत पाउनु भएको छ ।

छथर जोरपाटी गाउँपालिका प्रमुखमा एमालेका शेरबहादुर लिम्बु ३ हजार ३ सय ४९ मतसहित विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका विष्णु पारघरीले १ हजार ५ सय ३१ मत पाउनु भएको छ ।

यस्तै साँगुरीगढी गाउँपालिका प्रमुखमा एमालेका कुमारजंग याख्खा विजयी हुनु भएको छ । उहाँले ४ हजार ४ सय ४९ मत पाउनु भएको छ भने उहाँका प्रतिद्धन्द्धी कांग्रेसका जितेन्द्र राईले ३ हजार ३ सय ३३ मत प्राप्त गर्नुभएको छ ।

खाल्सा छिन्ताङभूमी गाउँपालिकामा एमालेका मनोज राई ४ हजार ५४ मतसहित विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका भरतसिंह राई १ हजार ५ सय ७९ मत पाउनु भएको छ । धनकुटा जिल्लाको सबै स्थानीय तहको मतपरिणाम आइसकेको छ ।

सबै स्थानीय तहमा जित हात पारेपछि अहिले धनकुटामा विजय उत्सव मनाउने तयारी भईरहेको एमालेका स्थानीय नेताहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ