एजेन्सी असार १८ । रुसमा जारी कन्फेडेरेसन कपको फुटवलको उपाधीका लागि आज वल्र्डकप विजेता जर्मनी र चिली बीच प्रतिस्पर्धा हुदैछ । सेन्ट पिटेर्सवर्ग स्टेडियममा राति १२ बजे पछि हुने खेलमा जीत हात पार्ने रणनीति चिलीले बनाएको छ ।
चिलीका मिडफिल्डर अर्तुरोले यस पटक विश्वको राम्रो टिम हो भनेर प्रमाणित गर्न जर्मनीलाई हराउने विश्वास व्यक्त गरेका छन् ।
दक्षिण अमेरीकी मुलुक चिलीले यस अघि कोपा अमेरीका कप जीतेको थियो । कन्फेडेरेसन कप जीतेमा उसले ठूलो उपाधी हासिल गर्ने छ ।
अर्कोतिर जर्मन टिम पनि युवाहरुले भरिएको र शक्तिशाली टिम भएकाले उपाधी हात पार्ने रणनीतिमा देखिएको छ ।
समुह चरणमा भीडेका यी दुई टिमले एक एक गोलको बराबरी खेलेका थिए ।
चिलीका मुख्य हतियार स्ट्राईकर सान्चेस हुन । उनी जुनसुकै कोणबाट तीव्र गतिमा आक्रमण र गोल गर्न सक्ने प्रतिभाका रहेका छन् ।
त्यस अघि पोर्चुगल र मेक्सीकोबीच तेस्रो स्थानको लागि खेल हुने छ ।