एसीपिएल क्रिकेटमा नेपाल स्ट्रोमलाई हराउँदै श्रीलंकन लायन्स फाइनलमा

एसीपिएल क्रिकेटमा नेपाल स्ट्रोमलाई हराउँदै श्रीलंकन लायन्स फाइनलमा

  • शनिबार, असार १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं ,१७ असार ।

राजधानिमा जारी एसीपिएल लिग क्रिकेट अन्र्तगत नेपाल स्ट्रोमलाई प्लेअफमा पराजित गर्दै श्रीलंकन लायन्स फाईनलमा प्रवेस गरेको छ ।

आज भएको प्लेअफअन्तर्गत पहिलो क्वालिफायरमा श्रीलंकन लायन्सले अंक तालिकामा शीर्ष स्थानमा रहेको नेपाल स्ट्रोमलाई १२ रनले पराजित गरेको हो ।

१ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा १७.५ ओभरमै १ सय ६१ रनमा अलआउट भएपछि नेपाल स्ट्रोम पहिलो क्वालिफायरमा पराजित भएको हो ।

श्रीलंकन लायन्ससँग हारेपनि नेपाल स्ट्रोमले बंगलादेश टाइगर्स र दुबई वारियर्सबीचको एलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउनेछ ।

कीर्तिपुरस्थित टीयू मैदानमा पहिले ब्याटिङ गरेको श्रीलंकन लायन्सले एन समाराक्कोडीको अर्धशतक मद्दतमा पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । समाराक्कोडीले ४० बलमा सर्वा्धिक ५२ रन बनाए। यस्तै दीनेशले ४० रन जोडे ।

नेपाल स्ट्रोमका दिशान्त यादव, आशिष भट्ट र गौरब बारबाडेले २–२ विकेट लिए ।

जवाफमा जितेन्दर शर्माले २३ बलमा नटआउट ४२ रन बनाएपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा नेपाल स्ट्रोमले पूरै ओभर समेत खेल्न सकेन । ४ खेलाडीले मात्र दोहोरो अंक बनाएको स्ट्रोमको इनिङ्समा शर्माले सर्विधक ४२ रन बनाए ।

यस्तै दिशान्त यादवले ३६, भुपेन्द्र थापाले २५ तथा ओपनर गौरब बारबाडेले १० रन जोड्नु बाहे अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

नेपाल स्ट्रोमलाई जितबाट रोक्न श्रीलंकन लायन्सका करण वालिअ र आकाश गौटेलले ३–३ तथा भैवब आरोरवले २ विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ