एसियन पारा तेक्वान्दोमा नेपालकी रन्जनालाई कास्य

एसियन पारा तेक्वान्दोमा नेपालकी रन्जनालाई कास्य

  • शनिबार, असार १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं १७ असार ।

कोरियाको छुनछुन शहरमा भएको तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी खेलाडी रन्जना धामीले कास्य पदक हात पारेकी छिन् । ४९ केजी तौलसमुह अन्तर्गत के–५५ विधामा रन्जनाले कास्य पदक हात पारेको पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरले बताउनु भयो ।

रन्जना सेमिफाइनमा मंगोलियाकी खुरेलबातर इन्खतुयासँग १४–६ ले पराजित भएपछि कास्य पदकमै सिमित भइन् ।

पुरुषको ७५ तौल अन्तर्गत के–४२ विधामा रोहित राई क्वाटरफाइनलमा इरानका जफर्जादेह महमोदसँग पराजित भएपछि पदकविहिन भए । यसअघी रोहितले कोरियाका जाङ योन योलाई हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको प्रशिक्षक कविराज नेगी लामाले बताए ।

महिलाको ५८ केजी तौलसमुहको के–४४ मा नेपालकी पलेसा गोवर्धन टर्कीकी अनुभवी खेलाडी गुलदल गाम्जीसँग पराजित भइन् ।

प्रशिक्षक कविराज नेगी लामाले धेरै अनुभवी विदेशि खेलाडीविरुद्ध नेपाली खेलाडीले कडा चुनौती दिनु नै नेपालको लागि राम्रो संकेत मान्नुपर्ने प्रतिक्रिया दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ