काठमाण्डौ ,१७ असार ।
दोस्रो चरणमा निर्वाचन भएका एकमात्र महानगर विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायम छ । हालसम्मको गणना अनुसार नेपाली कांग्रेसका तर्फबाट उमेदवार भिम पराजुलीले २३५३ मत प्राप्त गर्नुभएको छ ।
यस्तै एमाले बिनोद ढकालले १८०६ मत पाउनु भएको छ भने नयाँशक्ति र संघिय समाजवादी फोरमका तर्फबाट उमेदवारी दिनुभएका उमेश यादवले १ २४६ प्राप्त गर्नुभएको छ । यस्तै उपमहानगरपालिका तर्फ धरान उपमहानगरपालिकामा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ ।
कांग्रेसका तिलक राई २११७ मतसहित शिर्ष स्थानमा छ भने एमालेका तारा सुब्बाले १९३४ मतसहित दोस्रोमा हुनुहुन्छ भने माअोवादी केन्द्रका अइन्द्रविक्रम नेम्वाङ १९८९ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
इटहरी उपमहानगरपालिकामा पनि नेपाली कांग्रेसकै रोहित प्रसाई ३३८४ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने नेकपा एमालेका द्धारीकलाल चौधरी ३१५४ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । राप्रपाका रोहित कुमार कार्की तेस्रो स्थानमा हुनुहुन्छ ।
बुटवल उपमहानगरपालिका भने नेकपा एमालेले अग्रता लिएको छ । हालसम्मको मतपरिणाम अनुसार नेकपा एमालेका तर्फबाट उमेदवार शिवराज सुवेदीले ५५९७ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका खिलराज पाण्डेले ५४२४ मतसहित पछ्याइरहनु भएको छ ।
यस्तै तुल्सीपूर उपमहानगरपालिकामा एमाले उमेदवार घनश्याम पाण्डे ४८४५ मतसहित शिर्ष स्थानमा रहेको छ भने कांग्रेस उमेदवार गेहेन्द्र गिरी ३७३४ मत सहित दोस्रो स्थानमा हुनुहुन्छ । नेकपा माओवादी केन्द्रका शेशुराम भण्डारीले १३७० मत प्राप्त गर्नुभएको छ ।
घोराही उपमहानगरपालिकामा नेकपा एमालेका नरुलाल चौधरी ९९६१ मतसहित शिर्ष स्थानमा हुनुहुन्छ भने कांग्रेसका भुपबहादुर डाँगी ७३९७ मतसहित दोस्रो र माअोवादी केन्द्रका जीवन गौतम ५३८८ मतसहित तेस्रो स्थानमा रहेको छ ।
उता नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ । राप्रपाका धवलशमशेर राणाले ४३१७ मत प्राप्त गर्नु भएको छ भने नेपाली कांग्र्रेसका सुरेशकुमार कनोडियाले २५०५ मत प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रका दामोदर आचार्यले २१९९ मत पाउनु भएको छ ।
धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसका नृप वड २३६२ मतसहित शिर्ष स्थानमा हुनुहुन्छ भने स्वतन्त्र उमेदवार गोपाल हमाल १९८६ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । एमालेका दुर्गा जोशीले १७७५ मत पाउनु भएको छ ।
यसैबीच आजबाट ताप्लेजुङको याङमा मावि याङमाको मतपेटिका पनि सङ्कलन भई मतगणना सुरु भइसकेको आयोगले जनाएको छ ।
दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन् । नवलपरासीको बर्दघाट नगरपालिका – १२ को राजनीतिक दललाई निर्वाचन अधिकृतले दिएको खसेको मत सङ्ख्या र निर्वाचन अधिकृतको कार्यालयमा दिएको सङ्ख्यामा १६ मत फरक परेकाको कारण स्पष्ट नभएसम्मका लागि स्थगित गरिएको मतगणना कार्य आज साँझ ७ बजे बस्ने सर्वदलीय बैठकपछि अघि बढ्ने जानकारी दिइएको छ ।