पछिल्लो मतपरिणाम : कुन प्रदेशका कुन दल अगाडि ? (सूचीसहित )

पछिल्लो मतपरिणाम : कुन प्रदेशका कुन दल अगाडि ? (सूचीसहित )

  • शनिबार, असार १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ ,१७ असार ।
बुधबार सम्पन्न स्थानीय तहको दोस्रो चरण निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार २ नगरपालिका र २६ वटा गाउँपालिका सहित २८ स्थानमा एमाले विजयी भएको छ ।
यस्तै कांग्रेस ४ नगरसहित २७ वटा स्थानीय तह प्रमुखमा जित हासिल गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १२ स्थानमा जीत हात पारेको छ ।

प्रदेश नम्बर १ मा मत गणना भइरहेका मध्ये ५० स्थानमा नेपाली कांग्रेस अघि छ । ४७ स्थानमा एमालेको अग्रता छ भने ७ स्थान माओवादी केन्द्र अघि देखिएको छ । यस्तै ३ स्थानमा अन्य दल अघि छ भने राप्रपा १ स्थानमा अग्रता लिएको छ ।

प्रदेश नम्बर ५ मा भने नेकपा एमालेको पकड देखिएको छ । एमाले ३५ स्थानमा अग्रस्थानमा रहँदा नेपाली कांग्रेस २८ स्थानमा अघि देखिएको छ । माओवादी केन्द्रले ९ स्थानमा अग्रता लिएको छ । यस्तै राप्रपाले ३ स्थानमा अग्रता लिँदा ८ स्थानमा अन्य दल अघि देखिएको छ ।

प्रदेश नम्बर सातमा नेपाली कांग्रेसको अग्रता छ । मतगणना जारी रहेकामध्ये २१ स्थानमा कांग्रेस अघि छ भने एमालेले १७ स्थानमा अग्रता लिएको छ । १० स्थानमा माओवादी केन्द्रको अग्रता छ । ३ स्थानमा अन्य दलको अग्रता छ भने १ स्थानमा राप्रपा अघि देखिएको छ ।

दोस्रो चरणमा निर्वाचन भएका एकमात्र महानगर विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायम छ । हालसम्मको गणना अनुसार नेपाली कांग्रेसका तर्फाबाट उमेदवार भिम पराजुलीले १७४५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै एमाले बिनोद ढकालले १२३८ मत पाउनु भएको छ भने नयाँशक्ति र संघिय समाजवादी फोरमका तर्फबाट उमेदवारी दिनुभएका उमेश यादवले ९९१ मत प्राप्त गर्नुभएको छ । यस्तै उपमहानगरपालिका तर्फ धरान उपमहानगरपालिकामा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसका तिलक राई १६८२ मतसहित शिर्ष स्थानमा छ भने एमालेका तारा सुब्बाले १४८७ मतसहित दोस्रोमा हुनुहुन्छ भने माअ‍ोवादी केन्द्रका अइन्द्रविक्रम नेम्वाङ ९०० मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

इटहरी उपमहानगरपालिकामा पनि नेपाली कांग्रेसकै रोहित प्रसाई १६३६ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने नेकपा एमालेका द्धारीकलाल चौधरी १३५३ मतसहित दोस्रो स्थानमा रहँदा राप्रपाका रोहित कुमार कार्की १२५ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

बुटवल उपमहानगरपालिका भने नेकपा एमालेले अग्रता लिएको छ । हालसम्मको मतपरिणाम अनुसार नेकपा एमालेका तर्फबाट उमेदवार शिवराज सुवेदीले ४७२५ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका खिलराज पाण्डेले ४४५५ मतसहित पछ्याइरहनु भएको छ ।

यस्तै तुल्सीपूर उपमहानगरपालिकामा एमाले उमेदवार घनश्याम पाण्डे ३६८४ मतसहित शिर्ष स्थानमा रहनुभएको छ । भने कांग्रेस उमेदवार गेहेन्द्र गिरी ३२०० मत सहित दोस्रो स्थानमा हुनुहुन्छ । नेकपा माओवादी केन्द्रका शेशुराम भण्डारीले ८५४ मत प्राप्त गर्नुभएको छ ।

घोराही उपमहानगरपालिकामा नेकपा एमालेका नरुलाल चौधरी ७१०७ मतसहित शिर्ष स्थानमा हुनुहुन्छ भने कांग्रेसका भुपबहादुर डाँगी ५१०२ मतसहित दोस्रो र माअ‍ोवादी केन्द्रका जीवन गौतम ३२९४ मतसहित तेस्रो स्थानमा रहेको छ ।

उता नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ । राप्रपाका धवलशमशेर राणाले ३१४२ मत प्राप्त गर्नु भएको छ भने नेपाली कांग्र्रेसका सुरेशकुमार कनोडिया १९०२ मत प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रका दामोदर आचार्यले १६७० मत पाउनु भएको छ ।

धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसका नृप बडले २२६१ मतसहित शिर्ष स्थानमा हुनुहुन्छ भने एमालेका दुर्गा जोशीले १९५७ मत पाउनु भएको छ । माओवादी केन्द्रका गोपाल हमालले १८३५ मत प्राप्त गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ