खोटाङ ,१७ असार ।
खोटाङको लामीडाँडा गाउँपालिका प्रमुखमा एमाले उम्मेदवार लीला निरौला विजयी हुनु भएको छ । उहाँले १ हजार ९ सय ९ मत प्राप्त गरी प्रमुखमा विजयी हुनु भएको हो ।
उहाँका प्रतिद्वन्द्वी कांग्रेसका जनक कार्कीले १ हजार ५ सय ७५ मत प्राप्त गर्नु भएको छ ।
उपप्रमुखमा एमाले उम्मेदवार पुष्पकला भुजेलले एक हजार आठ सय ९९ मत प्राप्त गर्दै जित हात पार्नुभएको छ । उहाँकी प्रतिद्वन्द्वी कांग्रेसकी शान्तिदेवी राईले एक हजार आठ सय ५६ मत प्राप्त गर्नु भएको छ ।
यस्तै साकेला गाउँपालिका प्रमुखमा माओवादी उम्मेदवार अर्जुन खड्का विजयी हुनु भएको छ । उहाँले १ हजार २० मत प्राप्त गरी प्रमुखमा विजयी हासिल गर्नु भएको हो ।
उहाँका प्रतिद्वन्द्वी कांग्रेसका इच्छुराम रानाले ९ सय ८५ मत प्राप्त गर्नु भएको छ । उपप्रमुखमा कांग्रेसकी सरिता राईले विजय हासिल गर्नु भएको छ ।
उहाँले १ हजार २ सय २२ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी विर्सिका राईले १ हजार १ सय ३० मत प्राप्त गर्नु भएको छ ।