प्रधानमन्त्रीको गृहनगर नवदुर्गा गाउपालीकामा पनि एमाले नै विजयी

प्रधानमन्त्रीको गृहनगर नवदुर्गा गाउपालीकामा पनि एमाले नै विजयी

  • शनिबार, असार १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

डडेल्धुरा ,१७ असार ।

प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुराको नवदुर्गा गाउँपालिकाको प्रमुखमा समेत नेकपा एमाले नै विजय भएको छ ।

गाउँपालिकाको प्रमुख पदमा एमालेका कविन्द्र बहादुर बिष्टले २ हजार ९ सय ६९ मत प्राप्त गरि विजयी हुनु भएको छ ।

उहाँका निकट्म प्रतिद्धन्दी नेपालीका लक्ष्मीप्रसाद अवस्थिले २ हजार ७ सय ४५ मत प्राप्त गररर्नुभएको छ ।

गाउँपालिकाको उप प्रमुखमा नेपाली कांग्रेसकी डम्वरी ओलीले अत्याधिक बहुमत प्राप्त गरेर जित हासिल गर्नुभयो । उहाँले ३ हजार ७ मत प्राप्त गर्नुभएको छ ।
उहाँका निकट्म प्रतिद्धन्दी एमालेकी जयन्ती बुढाऐरले २ हजार ३ सय ७८ मत प्राप्त गर्नुभयो ।

उक्त गाउँपालिकाका ५ वडाहरु मध्ये १, ३ र ५ एमालेले जितेको छ । वडा नम्वर २ र ५ कांग्रेसले जितेको छ ।

दुई नगरपालिका र पाँच गाउ पालिकामध्ये परशुराम नगरपालिकाको मात्रै मत गणना जारी छ । यहा माओवादी केन्द्र अगाडी छ ।
अन्य स्थानको परिणाम घोषित भई सकेको छ । जसमा अमरगढी नगरपालिका र नव दुर्गा गरि २ स्थानमा एमाले , गन्यापधुरा , भागेश्वर र आलिताल गरि ३ गाउँपालिकामा काग्रेस विजयी भएको छ । अजयमेरु गाउँपािलकामा माओवादी केन्द्र विजयी भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ