स्थानीय तह निर्वाचन : एमालेको अग्रता कायमै, कांग्रेस पछ्याउँदै

स्थानीय तह निर्वाचन : एमालेको अग्रता कायमै, कांग्रेस पछ्याउँदै

  • शनिबार, असार १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ ,असार १७ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले अग्रता लिइरहेको छ । कांग्रेसले उसलाई पछ्याइरहेको छ । शनिबार बिहान सवा ७ बजेसम्मको मतपरिणामअनुसार एमालेले २९ वटा स्थानमा प्रमुख जितेको छ भने कांग्रेसले २३ स्थान हासिल गरेको छ । माओवादी केन्द्रले १३ स्थानमा जितेको छ । राष्ट्रिय जनमोर्चाले प्यूठानको मल्लरानी गाउँपालिका प्रमुख जितेर विजयी खाता खोलेको छ । थोरै मतदाता भएका गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । सार्वजनिक मतपरिणाममध्ये अधिकांश गाउँपालिकाको हो ।

डडेलधुराको अमरगढी र दार्चुलाको महाकाली नगरपालिकाको पनि परिणाम आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकै गृहजिल्लाको सदरमुकामसमेत रहेको अमरगढीमा एमालेले जितेको छ । दार्चुलाको महाकालीमा भने कांग्रेस विजयी भएको छ । पाँच नम्बर प्रदेशमा पर्ने रुकुमका तीनवटा गाउँपालिका सबैको मत परिणाम आएको छ । तीनवटै माओवादी केन्द्रले जितेको छ ।

यसअघि पहिलो चरणको चुनावमा प्रदेश ६ मा पर्ने रुकुमका सबै स्थानीय तहमा पनि माओवादी केन्द्रले नै जितेको छ । रुकुम जिल्ला नै अब माओवादीको मात्र किल्ला भएको छ ।

रुकुमको सिस्ने गाउँपालिकामा माओवादीलाई हराउन कांग्रेस र एमालेले गठबन्धन गरेका थिए । तर दुई पार्टी मिल्दा पनि माओवादीले नै विजय हासिल गर्‍यो । प्रदेश नम्बर १ र ५ मा एमालेको अग्रता छ भने ७ मा कांग्रेस अगाडि देखिएको छ ।

महानगर र उपमहानगरको गणना केही सुस्त छ । ती स्थानमध्ये विराटनगर उपमहानगरमा कांग्रेसले अग्रता लिइरहेको छ । सात उपमहानगरमध्ये धनगढी, इटहरी र धरानमा पनि कांग्रेसकै अग्रता छ । बुटवल, घोराही र तुलसीपुर उपमहानगरमा एमालेको अग्रता छ । बाँकेको नेपालगन्ज उपमहानगरमा भने राप्रपा नेपालका उम्मेदवार धवलशमशेर राणाले अग्रता लिइरहेका छन् । रूपन्देहीका मर्चवारी, गैडहवा, रोहिणी गाउँपालिकामा संघीय समाजवादी फोरमका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

सुनसरीको देवानगन्ज र दुहबीमा फोरम लोकतान्त्रिकको अग्रता छ । त्यस्तै कैलालीको जोशीपुर, टीकापुर र भजनीमा पनि फोरम लोकतान्त्रिक अगाडि छ । रूपन्देहीको लुम्बिनी र मायादेवी गाउँपालिका तथा सुनसरीको कोसी गाउँपालिकामा झिनो मत अन्तरमा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् । धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले टक्कर दिइरहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ