पछिल्लो मतपरिणम स्थानीय निर्वाचन : कहाँ कसको अग्रता (अपडेट )

पछिल्लो मतपरिणम स्थानीय निर्वाचन : कहाँ कसको अग्रता (अपडेट )

  • शुक्रबार, असार १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ १६ असार ।
तीन प्रदेशका ३५ जिल्लामा दोस्रो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनको मत गणना कार्य आजपनि जारी छ ।

पछिल्लो मत परिणाम अनुसार प्रदेश नम्बर १ को ५८ स्थानमा नेकपा एमाले अघि देखिएको छ भने नेपाली कांग्रेस ५२ स्थानमा र माओवादी केन्द्र ८ स्थानमा अघि देखिएको छ । ४ स्थानमा भने अन्य साना दलको अग्रता रहेको छ ।

यस्तै प्रदेश नम्बर ५ को हालसम्मको गणना अनुसार ४० स्थानमा नेकपा एमाले अघि देखिएको छ । नेपाली कांग्रेसले ३३ स्थानमा अग्रता लिँदा माओवादी केन्द्र १४ स्थानमा अघि देखिएको छ । ३ स्थानमा अन्य साना दल र एक स्थानमा भने राप्रपाले अग्रता लिएको छ ।

प्रदेश नम्बर ७ को २९ स्थानमा नेपाली कांग्रेस अघि देखिएको छ । १८ स्थानमा नेकपा एमाले अग्रस्थानमा रहँदा माओवादी केन्द्र १६ स्थानमा अघि देखिएको छ । यस्तै २ स्थानमा राप्रपाले अग्रता लिएको छ भने एकमा अन्य साना दल अघि देखिएको छ ।

उता विराटनगर महानगरको मत गणना जारी छ । बिहीबार दिउँसो साढे चार बजे देखि शुरु भएको मत गणनाको क्रममा अहिलेसम्म जम्मा १ हजार मात्रै मतगणना भएको छ ।

मत गणना निक्कै सुस्त भएपछि ४ स्थानबाट मात्र मतगणना भईरहेकोमा निर्वाचन आयोगले आज साझबाट थप दुई ठाउँमा थप गरि ७ ठाउँबाट गणना सुरु गरेको छ । यो भन्दा बढी गणनास्थल थप गर्न भने नसकीने आयोगले जनाएको छ ।

पछिल्लो मतपरिणम अनुसार नेपाली कांग्रेसका मेयर उम्मेदवार भिम पराजुली ६ सय ६५ मत सहित अग्रस्थानमा हुनुहुन्छ । काग्रेसकै उपमेयरका उम्मेदवार ईन्दिरा कार्कीले २ सय ९२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै मधेसी लोकतान्त्रिक फोरम र नेकपा एमाले गठबन्धनका एमाले मेयरका उम्मेदवार बिनोद ढकालले २ सय ८४ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा लोकतान्त्रिक फोरमको तर्फबाट उम्मेदवारी दिनुभएकी सुची चौधरीले १ सय ८७ मत ल्याउनु भएको छ ।

यस्तै संघिय समाजबादी फोरमबाट मेयरको उम्मेदवार बनेका उमेश यादवले ४२ मत ल्याउनु भएकोछ । यस्तै माओवादी केन्द्रकी उपमेयरकी उम्मेदवार नमिता न्यौपाने १ सय २८ मत पाउनु भएको छ ।

संघिय समाजबादी फोरम र माओवादी केन्द्रले विराटनगर महाननगरपालीको मेयर उपमेयरका लागी गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएको हो ।

१९ वटा वडा रहेको बिराटनगरमहानगरमा १ नम्बर वडाबाट मतगणना सुरु गरिएकोमा बिहानबाट थप पाचँ वटा वडामा गण्ना सुरु गरिएको थियो ।

अहिले १ नम्बर , २ , ३ ,४ , १७ र १८ वडाको मतगणना जारी छ । सबैभन्दा कान्छो महनगरको अन्तिम मतपरिणाम आउन अझै एक साता लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

यस्तै उपमहानगरपालिका तर्फ धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका तिलक राई ९ सय ६५ मतसहित शिर्ष स्थानमा हुनुहुन्छ ।

एमालेका तारा सुब्बा ५ सय ५४ मतसहित दोस्रोमा रहँदा माअ‍ोवादी केन्द्रका अइन्द्रविक्रम नेम्वाङ २६५ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

इटहरी उपमहानगरपालिकामा पनि नेपाली कांग्रेसकै रोहित प्रसाई ७४० मतसहित अग्रस्थानमा हुनुहुन्छ भने नेकपा एमालेका द्धारीकलाल ६१४ मतसहित दोस्रो स्थानमा रहँदा राप्रपाका रोहित कुमार कार्की १२५ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

बुटवल उपमहानगरपालिका भने नेकपा एमालेले अग्रता लिएको छ । हालसम्मको मतपरिणाम अनुसार नेकपा एमालेका तर्फबाट उमेदवार शिवराज सुवेदीले २४०७ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका खिलराज पाण्डेले २८२७ मतसहित पछ्याइरहनु भएको छ ।

यस्तै तुल्सीपूर उपमहानगरपालिकामा एमाले उमेदवार घनश्याम पाण्डेले २३ ५५ मतसहित शिर्ष स्थानमा रहेको छ भने कांग्रेस उमेदवार गेहेन्द्र गिरी १८ ६० मत सहित दोस्रो स्थानमा हुनुहुन्छ । नेकपा माओवादी केन्द्रका शेशुराम भण्डारीले ३५९ मत प्राप्त गर्नुभएको छ ।

घोराही उपमहानगरपालिकामा नेकपा एमालेका नरुलाल चौधरी ३४०२ मतसहित शिर्ष स्थानमा हुनुहुन्छ भने कांग्रेसका भुपबहादुर डाँगी १९ सय ५१ मतसहित दोस्रो र माअ‍ोवादी केन्द्रका जीवन गौतम ११ सय ३८ मतसहित तेस्रो स्थानमा रहेको छ ।

उता नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ । राप्रपाका धवलशमशेर राणाले ६९२ मत प्राप्त गर्नु भएको छ भने माओवादी केन्द्रका दामोदर आचार्यले ४ सय ६८ मत र नेपाली कांग्र्रेसका सुरेशकुमार कनोडिया ४३४ मत प्राप्त गर्नु भएको छ ।

धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसका नृप वडाले ८७९ मतसहित शिर्ष स्थानमा हुनुहुन्छ भने स्वतन्त्र उम्मेदवारले उहाँले ८ सय १५ मतले पछ्याईरहनुभएके छ ।
माओवादी केन्द्रका गोपाल हमालले १८१ मत प्राप्त गर्नुभएको छ भने एमालेका दुर्गा जोशीले १ ९१ मत मात्र प्राप्त गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ