विराटनगर महानगरमा काग्रेसको अग्रता , अहिलेसम्म हजार मत मात्रै गनियो ! (अपडेट)

विराटनगर महानगरमा काग्रेसको अग्रता , अहिलेसम्म हजार मत मात्रै गनियो ! (अपडेट)

  • शुक्रबार, असार १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

वीराटनगर ,१६ असार ।

बिराटनगर महानगरपालीकामा जम्मा १ हजार मात्रै मतगणना भएको छ । बिहीबार दिउँसो साढे चार बजे देखि शुरु भएको मत गणना निक्कै सुस्त रुपमा भईरहेको छ ।

सोहि कारण ४ स्थानबाट मात्र मतगणना भईरहेकोमा निर्वाचन आयोगले आज साझबाट थप दुई ठाउँमा थप गरि ७ ठाउँबाट गणना सुरु गरेको छ ।

यो भन्दा बढी गण्नास्थल थप गर्न भने नसकीने आयोगले जनाएको छ ।

पछिल्लो मतपरिणम अनुसार नेपाली कांग्रेसका मेयर उम्मेदवार भिम पराजुली ६ सय ६५ मत सहित अग्रस्थानमा हुनुहुन्छ । काग्रेसकै उपमेयरका उम्मेदवार ईन्दिरा कार्कीले २ सय ९२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै मधेसी लोकतान्त्रिक फोरम र नेकपा एमाले गठबन्धनका एमाले मेयरका उम्मेदवार बिनोद ढकालले २ सय ८४ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा लोकतान्त्रिक फोरमको तर्फबाट उम्मेदवारी दिनुभएकी सुची चौधरीले १ सय ८७ मत ल्याउनु भएको छ ।

यस्तै संघिय समाजबादी फोरमबाट मेयरको उम्मेदवार बनेका उमेश यादवले ४२ मत ल्याउनु भएकोछ । यस्तै माओवादी केन्द्रकी उपमेयरकी उम्मेदवार नमिता न्यौपाने १ सय २८ मत पाउनु भएको छ ।

संघिय समाजबादी फोरम र माओवादी केन्द्रले विराटनगर महाननगरपालीको मेयर उपमेयरका लागी गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएको हो ।

१९ वटा वडा रहेको बिराटनगरमहानगरमा १ नम्बर वडाबाट मतगणना सुरु गरिएकोमा बिहानबाट थप पाचँ वटा वडामा गण्ना सुरु गरिएको थियो ।

अहिले १ नम्बर , २ , ३ ,४ , १७ र १८ वडाको मतगणना जारी छ । सबैभन्दा कान्छो महनगरको अन्तिम मतपरिणाम आउन अझै एक साता लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ