तीन प्रदेशका १४ स्थानीय तहको मतपरिणाम सार्वजनिक : कहाँ कस्ले जित्यो ? (अपडेट)

तीन प्रदेशका १४ स्थानीय तहको मतपरिणाम सार्वजनिक : कहाँ कस्ले जित्यो ? (अपडेट)

  • शुक्रबार, असार १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौ १६ असार ।

दोस्रो चरणमा सम्पन्न स्थानीय तह निर्वाचन अन्तरगत विभिन्न स्थानीय तहको मतपरिणाम आउने क्रम जारी छ ।
मतगणना सुरु भएका स्थानीय तह मध्ये १४ स्थानको अन्तिम परिणाम आईसकेको छ ।

तीन वटा प्रदेशमा एक नगरपालिकासहित एमालेले ९ स्थानमा जीत हासिल गरिसकेको छ । काग्रेसले ४ स्थानमा र नेकपा माओवादी केन्द्र एक स्थानीय तहमा विजयी भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर रहेको डडेल्धुराको अमरगढी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

चुनाव भएका १११ नगरपालिकामध्ये कांग्रेसको गढ मानिएको अमरगढी नगरपालिकाबाट एमालेले विजयी शुरुवात गरेको हो । मेयरमा एमालेका विश्वेश्वरप्रसाद ओझा ३६ सय ४० मत सहित विजयी हुनुभएको छ भने उपमेयरमा पनि एमालेकै संगीता भण्डारी ३२ सय ७९ मत ल्याएर विजयी हुनु भएको छ ।

यस्तै दार्चुला सदरमुकामको महाकाली नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

नगर प्रमुखमा काँग्रेसका हंशराज भट्ट चार हजार ४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दीे नेकपा (एमाले)का नरसिंह चैसिरले तीन हजार ५८६ मत प्राप्त गर्नुभयो ।

यस्तै नगर उपप्रमुखमा काँग्रेसकी सुना बोहराले चार हजार १३२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी दुर्गा धामीले तीन हजार ३४४ मत प्राप्त गर्नुभयो ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी आनसिंह डाँगाका अनुसार महाकाली नगरपालिकाका नौवटा वडा मध्ये आठवटामा काँग्रेस र एउटामा एमाले विजयी भएको छ ।

काँग्रेसबाट वडाध्यक्षमा क्रमशः महाकाली नगरपालिका– १ मा कल्यानसिंह कुँवर, २ मा गौरसिंह साहु, ३ मा पदमसिंह महर, ४ मा पुष्करराज जोशी, ५ मा तोरनप्रसाद अवस्थी, ६ मा चक्रसिंह बोहरा, ७ मा दिनेशराज जोशी र ८ मा चन्द्रसिंह विष्ट विजयी हुनुभएको छ ।

एमालेका हरसिंह डाँगा वडा नं– ९ को वडाध्यक्षमा विजयी हुनुभएको छ ।

यसैगरी बाजुराको पाण्डवगुफा गाउँपालिका प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमाले विजयी भएका छन् । गाउँपालिका प्रमुखमा एमालेका कालीबहादुर शाही १४५१ मतसहित विजयी हुनु भएको हो । यस्तै उपप्रमुखमा पनि एमालेकै ऐना गिरी विजयी हुनु भएको छ ।

यस्तै सोलुखुम्बुको लिखुपिके गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर बस्नेत ११३६ मतसहित विजयी हुनु भएको छ । उहाँका निकटतम प्रसतद्धन्द्धी नेपाली कांग्रेसका रामबहादुर बस्नेतले ७६० मत पाउनु भएको छ ।

यस्तै गाउँपालिका उपप्रमुखमा माओवादी केन्द्रकै प्रमिला बस्नेतले १०४२ मत ल्याइ विजयी हुनु भएको छ भने उहाँका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका मीना कार्कीले ८२८ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी बझाङको काँडा गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका राजेन्द्र धामी विजयी हुनु भएको छ भने उपप्रमुखमा पनि कांग्रेसकै कल्पना बोहरा विजयी हुनु भएको छ ।

यस्तै बझाङकै मस्टा गाउँपालिका प्रमुखमा नेकपा एमालेका कर्णबहादुर कठायत विजयी हुनुभएको छ । उपप्रमुखमा एमालेकै भगवती बोहरा विजयी हुनु भएको छ । यस्तै संखुवासभाको शिलिचोङ र चिचिला गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

संखुवासभाको शिलिचोङ गाउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर कुलुङले १ हजार ८ सय ८१ मत ल्याएर विजयी हुन भएको हो । यस्तै उपाध्यक्ष्मा पनि कांग्रेसकै लालकुमारी कुलुङ १६९९ मतका साथ विजयी हुनु भएको छ ।

अध्यक्षका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका योगेन्द्र कुलुङले १३४७ मत र उपाध्यका निकटतम प्रतिद्वन्द्वी माओवादीकै देवी कुमारी राईले १४०८ मत प्राप्त गर्नु भएको छ ।

यस्तै चिचिलामा कांग्रेसका पासाङनेर्वु शेर्पाले १४६२ र उपाध्यक्षमा यादुकुमारी राईले १३७२ मत ल्याएर विजयी हुनु भएको छ । यस्तै बाजुराको छेडेदह गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका नरबहादुर राउत ३ हजार ७ सय ५ मतसहित विजयी हुनु भएको छ । उपप्रमुखमा पनि कांग्रेसकै कांग्रेसकै कुन्ती बुढा साउद विजयी हुनु भएको छ ।

खोटाङको जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा एमालेका शंकर राई २१५३ मतसहित विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमबहादुर खड्काले १५६२ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा पनि एमालेकै विमला राई विजयी हुनु भएको छ । उहाँले २०८६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अनिता राईले १४६६ मत प्राप्त गर्नुभएको छ ।

यसैबीच डोटीको शिखर नगरपालिका– १ मा नेपाली कांग्रेस प्यानल सहित विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका खडकबहादुर शाही ६ सय ३३ मत ल्याएर प्यानल सहित विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेत्रबहादुर शाहीले ४ सय ३ मत प्राप्त गनृुभयो । यस्तै बाजुराको बडिमालिका नगरपालिका वडा नं ८ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश रावल विजयी हुनु भएको छ । उहाँले एमालेका दलबहादुर थापालाई पराजित गर्नु भएको हो ।

यस्तै कञ्चनपुरको महाकाली नगरपालिकाको वडा नम्बर १ र २ मा नेपाली कांग्रेस विजयी भएको छ । वडा नम्बर १ मा अर्जुन भट्ट र वडा नम्बर २ मा पनि कांग्रेसकै कमलापति भट्ट प्यानलसहित विजयी हुनु भएको हो ।

वडा नम्बर १० मा भने नेकपा एमालेका नरबहादुर विजयी हुनु भएको छ । यस्तै पुनर्वास नगरपालिकाको वडा नम्बर ३ मा पनि नेकपा एमालेका फैरु तामाङ प्यानलसहित विजयी हुनु भएको हो ।

यस्तै लालझाडी गाउँपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका छेमानन्द राना विजयी हुनु भएको छ । अध्यक्षमा कांग्रेस विजयी भएपनि सदस्यमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

यस्तै अछामको मंगलसेन नगरपालिका वडा नम्बर १४ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ । कांग्रेस–माओवादी गठबन्धनलाई हराउँदै नेकपा एमालेका तेजबहादुर भण्डारी ४ सय ७८ मत ल्याएर विजयी हुनु भएको हो ।

उहाँका प्रतिद्वन्द्वी कांग्रेस माओवादी गठनबन्धनका गणेश सोडारीले ४ सय ५६ मत प्राप्त गर्नु भएको छ । यस्तै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गाउँ सुर्नया गाउँपालिकाको वडा नं २ मा राप्रपा प्यानलसहित विजयी भएको छ ।

अध्यक्षमा राप्रपाका हर्कबहादुर पाण्डे ३२१ मतसहित जियी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका मोहन बहादुर बिष्टले १९३ मत प्राप्त गनुभएको छ । सदस्यमा राप्रपाकै कमला चन्द, अनिता महरा, जीत बहादुर बिष्ट र दान बहादुर ऐरी विजयी हुनुभएको छ ।

यसैगरी सुर्नया गाउँपालिकाको वडा नं ८ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार आनन्दसिंह बोहरा २४५ मतसहित विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पदम साउदले २ सय मत प्राप्त गर्नुभएको छ ।

यस्तै झापाको बाह्रदशी गाउँपालिका–१ मा एमालेका शम्भूसिंह राजवंशी प्यानलसहित विजयी हुनु भएको छ । उहाँले ५ सय मत प्राप्त गर्नुभएको छ । बुद्धशान्ति गाउँपालिका–७ को वडाध्यक्षमा भने माओवादी केन्द्रका मातृकाप्रसाद पौडेल विजयी हुनु भएको छ ।

उता इलामको फाकफोकथुम–१ मा नेपाली काँङ्ग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ । अन्तिम मतपरिणम अनुसार काग्रेसका वडाध्यक्षका उम्मेदवार टेकवीर लिम्बू ६०३ मत ल्याएर विजयी हुनुभएको हो ।

इलाम नगरपालिका १२ को वडा अध्यक्षमा नेपाली काँग्रेसका लाखमान लिम्बू ७२४ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका चक्रबहादुर लिङदमले ६७१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै इलामको सन्दकपुर गाउँपालिका–१ मा माओवादी केन्द्रका नन्दकुमार राई विजयी हुनुभएको छ । राईले ३८० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गणेश राईले ३०५ मत पाउनुभएको छ ।

बैतडीको दशरथचन्द नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका भुवन भट्ट ५४४ मतसहित विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका मदनसिंह भाटले ३४२ मत ल्याउनुु भएको छ ।

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित नेकपा (एमाले)को पुरै प्यानल विजयी भएको छ ।

अध्यक्षमा राजन छक्लुङ एक हजार ८१५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डम्बर लिम्बुले एक हजार २१९ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा एमालेकी कौशिला छक्लुङ एक हजार ९५१ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सुजाता लिम्बुले एक हजार ८४ मत प्राप्त गर्नुभयो ।

उक्त गाउँपालिकाको ६ वटै वडामा एमाले विजयी भएको छ ।
वडा नं १ को वडाध्यक्षमा दुर्गा तामाङ, २ को वडाध्यक्षमा सुरेन्द्र लिम्बु, ३ को वडाध्यक्षमा खड्ग चोङ्बाङ, ४ को वडाध्यक्षमा पूर्णहाङ लिम्बु, ५ को वडाध्यक्षमा कुलप्रसाद लिम्बु र ६ को वडाध्यक्षमा विष्णुप्रसाद नेयोङ विजयी हुनुभएको छ ।

रोल्पामा हालसम्म २० वटा वडाको मतपरिणाम सार्वजनिक हुदा नेकपा माओवादी केन्द्र अगाडि देखिएको छ । नेकपा माओवादी केन्द्रले १२ वटा वडामा विजयी हासिल गरेको छ

सातवटा वडा जित्दै नेपाली काँग्रेसले दोस्रो तथा १ वटा वडामा विजयी भएको नेकपा एमाले तेस्रो स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ