स्थानीय निर्वाचनको मतगणना जारी : कहाँ को अगाडि (अपडेट)

स्थानीय निर्वाचनको मतगणना जारी : कहाँ को अगाडि (अपडेट)

  • शुक्रबार, असार १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौ ,१६ असार ।

तीन प्रदेशका ३५ जिल्लामा दोस्रो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनको मत गणना कार्य आजपनि जारी छ ।

पछिल्लो मत परिणाम अनुसार प्रदेश नम्बर १ को ६१ स्थानमा नेकपा एमाले अघि देखिएको छ भने नेपाली कांग्रेस ५२ स्थानमा र माओवादी केन्द्र ९ स्थानमा अघि देखिएको छ । ४ स्थानमा भने अन्य साना दलको अग्रता रहेको छ ।

यस्तै प्रदेश नम्बर ५ को हालसम्मको गणना अनुसार ३९ स्थानमा नेकपा एमाले अघि देखिएको छ । नेपाली कांग्रेसले ३२ स्थानमा अग्रता लिँदा माओवादी केन्द्र १७ स्थानमा अघि देखिएको छ । ३ स्थानमा अन्य साना दल र एक स्थानमा भने राप्रपाले अग्रता लिएको छ ।

प्रदेश नम्बर ७ को ३० स्थानमा नेपाली कांग्रेस अघि देखिएको छ । १९ स्थानमा नेकपा एमाले अग्रस्थानमा रहँदा माओवादी केन्द्र १६ स्थानमा अघि देखिएको छ । यस्तै २ स्थानमा राप्रपाले अग्रता लिएको छ भने एकमा अन्य साना दल अघि देखिएको छ ।

दोस्रो चरणमा निर्वाचन भएका एक मात्र महानगर विराटनगर महानगरपालिकाको मतगणना सुस्त गतिमा अघि बढिरहेको जनाएको छ । बिहिवार साँझबाट सुरु मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमाले अग्रस्थान कायम रहँदा गरेको छ ।

नेकपा एमालेका मेयर उम्मेदवार विनोद ढकालले २९८ मत प्राप्त गर्नु भएको छ भने नेपालकी कंग्रेसका मेयर उम्मेदवार भिम पराजुलीले २२० मत प्राप्त गरी ढकाललाइ पछ्याइरहनु भएको छ भने माओवादी केन्द्रका उमेश यादबले ७ मत प्राप्त गर्नु भएको छ ।

उपमहानगरपालिका तर्फ धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका तिलक राई ६ सय ५९ मतसहित शिर्ष स्थानमा हुनुहुन्छ । एमालेका तारा सुब्बा ४०० मतसहित दोस्रोमा रहँदा माअ‍ोवादी केन्द्रका अइन्द्रविक्रम नेम्वाङ २०७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

इटहरी उपमहानगरपालिकामा पनि नेपाली कांग्रेसकै रोहित प्रसाई ७६९ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने नेकपा एमालेका द्धारीकलाल ६३६ मतसहित दोस्रो स्थानमा रहँदा राप्रपाका रोहित कुमार कार्की १२५ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

बुटवल उपमहानगरपालिका भने नेकपा एमालेले अग्रता लिएको छ । हालसम्मको मतपरिणाम अनुसार नेकपा एमालेका तर्फबाट उमेदवार शिवराज सुवेदीले २०१७ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका खिलराज पाण्डेले १६१० मतसहित पछ्याइरहनु भएको छ ।

यस्तै तुल्सीपूर उपमहानगरपालिकामा एमाले उमेदवार घनश्याम पाण्डेले २०९४ मतसहित शिर्ष स्थानमा रहेको छ भने कांग्रेस उमेदवार गेहेन्द्र गिरी १६३१ मत सहित दोस्रो स्थानमा हुनुहुन्छ । नेकपा माओवादी केन्द्रका शेशुराम भण्डारीले २९६ मत प्राप्त गर्नुभएको छ ।

घोराही उपमहानगरपालिकामा नेकपा एमालेका नरुलाल चौधरी २३०२ मतसहित शिर्ष स्थानमा हुनुहुन्छ भने कांग्रेसका भुपबहादुर डाँगी १५ सय ७१ मतसहित दोस्रो र माअ‍ोवादी केन्द्रका जीवन गौतम ९ सय ४६ मतसहित तेस्रो स्थानमा रहेको छ ।

उता नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ । राप्रपाका धवलशमशेर राणाले ६९२ मत प्राप्त गर्नु भएको छ भने माओवादी केन्द्रका दामोदर आचार्यले ४ सय ६८ मत र नेपाली कांग्र्रेसका सुरेशकुमार कनोडिया ४३४ मत प्राप्त गर्नु भएको छ ।

धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसका नृप वडाले ७१८ मतसहित शिर्ष स्थानमा हुनुहुन्छ भने माओवादी केन्द्रका गोपाल हमालले १६६ मत प्राप्त गर्नुभएको छ भने एमालेका दुर्गा जोशीले ४० मत मात्र प्राप्त गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ