ओलीको गृहनगर दमकमा मतगणना स्थगित : धाधली गर्न खोजेको आरोप ( यस्तो छ कारण )

ओलीको गृहनगर दमकमा मतगणना स्थगित : धाधली गर्न खोजेको आरोप ( यस्तो छ कारण )

  • शुक्रबार, असार १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

दमक ,१६ असार ।

गणनाको क्रममा विवाद सिर्जना भएपछि एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमक नगरपालिकामा मत गणना स्थगित भएको छ ।

मत परिणाम सार्वजनिक गर्न ढिलाई गरेको तथा निर्वाचनमा खटिएका कर्मचारीले धाँधली गर्न खोजेको आरोप लगाउँदै कांग्रेस, माओबादी केन्द्र, राप्रपा तथा अन्य स्वतन्त्र उम्मेद्धारहरुले मतगणनामा सहभागी नहुने बताएपछि हाललाई गणना कार्य स्थगित भएको छ ।

आफ्ना उम्मेदवारलाई जिताउन निर्वाचनमा खटिएका कर्मचारी लागि परेको र सुरक्षा संयन्त्र समेत सहयोगी बनेको उनीहरुको आरोप छ ।

वडा नम्बर १ को मत गणना सम्पन्न भईसक्दा पनि मत परिणाम सार्वजनिक गर्न आलटाल गरेको भन्दै असन्तुष्ट दलका कार्यकर्ताले मतगणना स्थल रहेको दमक नगरपालिका बाहिर नाराबाजी समेत गरेका छन् ।

स्थिति तनावपुर्ण हुनसक्ने भन्दै त्यहाँ बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ । बिहिबार राती ११ बजेयता दमक नगरपालिकाको मत परिणाम सार्वजनिक भएको छैन ।

दलहरुले एमालेका वडा अध्यक्षका उम्मेदवारले हार्ने निश्चित भएपछि निर्वाचन अधिकृतले परिणाम उल्टाउन चलखेल गरेको आरोप लगाएका छन् ।

निर्वाचनको लागि खटाईएका निर्वाचन अधिकृत बेदप्रसाद फुयालको ब्यबहार र क्रियाकलाप निष्पक्ष र स्वतन्त्र नदेखिएकाले एमालेलाई जिताउन लागि परेको आरोप लगाउदै एमाले बाहेका अन्य दलहरुले आज पत्रकार सम्मेलन गरि आफ्ना ४ बुँदे माग अघि सारेका छन् । माग पुरा नभएसम्म मतगणनामा सहभागी नहुने उनीहरुले बताएका छन् ।

फुयाललाई फिर्ता बोलाएर अर्को निर्वाचन अधिकृत खटाउन, दमक नगरपालिकाको सुरक्षाको जिम्मेवारी लिएका इलाका प्रहरी कार्यालय दमकका डिएसपी राजन लिम्बु अमुक दलको प्रभावमा परेको आरोप लगाउँदै अर्को सुरक्षा अधिकारीको ब्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।

मत गणना कार्यलाई प्रभावित पार्न मतगणना स्थलमा गएर दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले मत गणनामा हस्तक्षेप गरेको भन्दै त्यहाँ प्रवेशमा रोक लगाईनु पर्ने तथा मत परिणाम चाँडो सार्वजनिक गर्नु पर्ने माग उनीहरुले अघि सारेका छन् ।
उनीहरुले आजै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र, राप्रपा लगायत स्वतन्त्र सहित नगर प्रमुखका ८ उम्मेदवारले हस्ताक्षर गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ