दाङका १२ वडामा माओवादी विजयी : एमाले ४ र काग्रेसले ३ वडामा जित्यो

दाङका १२ वडामा माओवादी विजयी : एमाले ४ र काग्रेसले ३ वडामा जित्यो

  • शुक्रबार, असार १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

दाङ, असार १६ ।
दाङमा रहेका सय वडामध्ये १९ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार माओवादी केन्द्रले १२, नेकपा एमालेले ४ र नेपाली काँग्रेसले ३ वडामा विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट शान्तिनगरको १ मा जंगबहादुर पुन र ७ मा पिमलाल वली, बंगलाचुली—२, ३, ४ र ५ वटा वडामा क्रमस मेघराज राना मगर, शोभाराज विक, नारायण डाँगी र यनुराज खत्री विजयी भएका छन् ।

यस्तै राजपुर गाउँपालिका—१ मा विष्णु बुढा, २ मा दुर्गाप्रसाद शर्मा र ६ मा श्यामबहादुर रोका, राप्ती गाउँपालिका—९ मा रीमबहादुर सुनारी मगर र गढवा गाउँपालिका—२ र ८ मा क्रमसः सद्धाम सिद्धिकी र भक्तु चौधरीले जित हात पारेका छन् ।
यसैगरी नेकपा एमालेले दंगीशरण—१ मा श्रीप्रसाद चौधरी, तलसीपुर उपमहानगरपालिका—१ मा लक्ष्मण भण्डारी, घोराही उपमहानगरपालिका—१ मा राममणी पाण्डेय र गढवा गाउँपालिका—१ मा बाबुराम अधिकारीले विजयी हासिल गरेका छन् ।

त्यसैगरी नेपाली काँग्रेसले बंगलाचुली—१ मा पदमबहादुर खत्री, दंगीशरण—२ मा तुल्सीराम देवकोटा र राजपुर—७ मा भिमबहादुर खड्का विजयी भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ