नायिका सुष्मा कार्कीले गरिन् यस्ताे दावीः ५ मिनेटको ३ लाख ! (भिडियाे)

नायिका सुष्मा कार्कीले गरिन् यस्ताे दावीः ५ मिनेटको ३ लाख ! (भिडियाे)

  • बिहिबार, असार १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, असार १५ । पहिले नेपाली कलाकारहरुमा नेपालभित्रै फिल्मका प्रोजेक्ट कसले बढी पाउने भन्नेमा प्रतिष्पर्धा हुन्थ्यो तर अहिले विदेशमा कसले बढी प्रोग्राम पाउने भन्नेमा प्रतिष्पर्धा चल्छ ।

अहिले कमाइको स्रोत पनि  ‘डायस्फोरा सोसाइटी’ बन्दै गएकाे छ । गायक–गायिका र कमेडीयनहरुलाई फलिफाप बनेको विदेशी बजार फिल्मकर्मीहरुका लागि पनि उपयुक्त देखिएको छ । अधिकांश नेपाली नायिकाहरु भने विदेश गएर ‘डान्स पर्फमेन्स’ देखाएर राम्रो आम्दानी गर्ने चलन छ । यसरी कमाउनेमा प्रियंका कार्की, नम्रता श्रेष्ठ, रेखा थापालगायतका नायिकाहरुको नाम अगाडि आउँछ । विदेशमा रहेका आयोजकहरुले यीनै नायिकाहरुलाई कार्यक्रममा बढी निम्तो दिने गरेका छन् ।

तर यस्तो प्रतिष्पर्धामा धेरै पछाडि छिन् सुष्मा कार्की । विदेशमा थोरै प्रोग्राम पाउने कलाकार हुन् उनी । तर सुष्माले भने ५ मिनेट मात्रै डान्स गरेको ३ लाख ‘रेट’ रहेको बताएकी छिन् । हालै उनले दिएको एक भिडियो अन्तरवार्ताको क्रममा यस्तो दावी गरेकी हुन् । तर सुष्माले दिएको यस्तो अभिव्यक्ति फिल्मकर्मीमाझ अनौठो गस्सिप बनेको छ ।

विवादमा आउन रुचाउने सुष्माले नयाँ काम नै नपाइरहेको बेला ५ मिनेट डान्स गरेको ३ लाख पारिश्रमिक लिने बताएको कुरा हास्यास्पद भएको भन्दै अरु फिल्मी कलाकारहरुले ‘गस्सिप’ बनाएका छन् । फिल्मका प्रोजेक्ट नपाएपछि फेसवुकमा फोटो राखेरै पनि आफ्नो प्रचार गर्ने सुष्माले कुन प्रोग्राममा ३ लाख पारिश्रमिक पाइन् होला भनी अरु थुप्रै अभिनेत्रीहरु समेत दंग परेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी