दलहरुबीचको बिबाद मिल्यो , बिराटनगर महानगरपालीकाको मतगणना सुरु

दलहरुबीचको बिबाद मिल्यो , बिराटनगर महानगरपालीकाको मतगणना सुरु

  • बिहिबार, असार १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

विराटनगर, असार १५ ।
सबैको चासो रहेको विराटनगर महानगरपालिकाको मतगणना भर्खरै सुरु भएको छ ।
दलहरु विच विभिन्न विषयमा उत्पन्न भएको विवाद मिलेपछि आदर्श उच्च मा.विमा मतगणना भईरहेको छ ।
विहान बसेको सर्वदलिय बैठकले साँढे ११ बजेबाट मतगणना सुरु हुने निर्णय गरेपनि विभिन्न विवादको कारण मतगणनामा ढिलाई भएको थियो ।
ढिलाइ हुन नदिन एकै पटक पाँच स्थानबाट मतगणना भईरहेको छ । गणनास्थलमा मोबाइल फोन प्रतिबन्ध लगाइएको छ ।
यसकारण भयो मतगणनामा ढिलाई
दल र आयोगबिचको प्रतिनिधिको सख्या तथा मोबाइल फोन राख्न पाउने या नपाउने भन्ने बिषयमा भएको बिबादका कारण मतगणना तोकिएको समयमा हुन सकेन । अहिले प्रत्येक राजनीतिक दलको २ जना प्रतिनिधि राख्ने सहमति भएको छ ।

यस्तै मतगणना थाल्ने तयारी चलिरँहदा गणनास्थलको विद्युत सर्ट भएपछि अझै ढिला हुन गएकोमा निर्वाचन आयोगले मतदान सकिएपछि सिलबन्दी गर्दाको मुचुल्का मतपेटीका खोल्दा पेश नगरेपछि दलहरूले निर्वाचन आयोगको क्रियाकलापप्रति प्रश्न उठाएका थिए ।
अब मतपेटिका खोल्दा अनिवार्य रूपमा मुचुल्का पेश गर्ने विषयमा आयोग सहमत भएपछि मत गणना सुरू गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ