दाङ,असार १५ ।
दाङका ६ गाउँपालिकामा मतगणना सुरु भएको छ ।यस्तै घोराही र तुलसीपुर उपमहानगरपालिका तथा लमही नगरपालिकामा मतगणनाको तयारी भइरहेको छ । बबई गाउँपालिकामा केही विवाद भएकाले मतगणना सुरु हुन सकेको छैन ।
हालसम्म राप्ती र गढवा गाउँपालिकाका एक/एक वडामा माओवादी विजयी भएको छ । राप्ती गाउँपालिकाको वडा नं. ९ मा वडा अध्यक्षसहित सबै सदस्यहरु माओवादी केन्द्रले जितेको छ । वडाध्यक्षमा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर २ सय मत ल्याएर विजयी भएका छन् । वडा अध्यक्षमा कांग्रेसले १ सय ५२ र एमालेले ६४ मत प्राप्त गरेको थियो ।
यसै गरी गढवा गाउँपालिकाको वडानं. ८ मा माओवादी केन्द्रका सद्धाम सिद्धिकी १ सय ७ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् । राप्ती र राजपुर गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ भने गढवा र दंगिशरणमा एमालेले अग्रता लिएको छ ।