स्थानीय निर्वाचनको नतिजा आउन सुरु : संखुवासभामा काग्रेसले खाता खोल्यो , खाँदबारीमा एमालेको अग्रता

स्थानीय निर्वाचनको नतिजा आउन सुरु : संखुवासभामा काग्रेसले खाता खोल्यो , खाँदबारीमा एमालेको अग्रता

  • बिहिबार, असार १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, असार १५ ।

स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत विभिन्न जिल्लाका स्थानीय तहहरुमा मतगणना भइरहेको छ । बुधबार प्रदेश नम्बर १, ५ र ७ को निर्वाचन भएको थियो । निर्वाचन आयोगका अनुसार डोटी, डडेल्धुरा, कैलाली, झापा, नवलपरासी, रुपन्देही, भोजपुरलगायत तीनवटै प्रदेशका अधिकांश जिल्लाका स्थानीय तहमा मतगणना जारी छ ।

बुधबार रातिदेखि नै मतगणना सुरु भएको  कतिपय तहको नजिता आइरहेका छन् भने केही स्थानमा गणनाको प्रक्रिया सुरु हुँदै छ । बढी मतदाता रहेका महानगर, उपमहानगरको परिणाम ७ दिनभित्र र अन्तको ३ दिनभित्र आउने गरी गणनाको व्यवस्थापन गर्न निर्देशन दिइएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । बुधबारको निर्वाचनमा प्रतिकूल मौसम भए पनि ७०.५ प्रतिशत बढी मतदान भएको थियो ।

दोस्रो चरणको निर्वाचनमा १५ हजार ३८ पदका लागि ६२ हजार ४ सय ८ प्रतिस्पर्धी छन् । पहिलो चरणमा वैशाख ३१ गते भएको प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको थियो ।

संखुवासभाको खाँदबारी नगरपालिकाको मेयरमा एमालेले अग्रता लिएको छ । मेयरमा एमालेका मुरारी खतिवडाले ५ सय ६८ मतसहित अग्रता लिएका हुन् । कांग्रेसका महेश थपलियाले ५ सय २१ मतसहित पछ्याइरहेका छन् ।

उपमेयरमा भने कांग्रेसले अग्रता लिएको छ । कांग्रेसकी निर्मला तामाङले ५ सय ६८ मत ल्याएकी छिन् भने एमालेकी डेगेश्वरी श्रेष्ठले ५ सय ३२ मत ल्याएका छन् ।

त्यस्तै, खाँदबारी नगरपालिका–१० वडामा कांग्रेस विजयी भएको छ ।१ हजार ३ सय २५ मत खसेकोमा कांग्रेस वडा अध्यक्ष केशब थापाले ५ सय ७५ मत ल्याएर विजयी भएका हुन् । एमालेका बेदबहादुर चौहानले ५ सय २५ मत ल्याए । वडाका सदस्यमा भने एमालेका उम्मेदवारहरु विजयी भएका छन् । १६ मत बदर भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ