उम्मेदवारले नै भोट हाल्न पाईनन् , निर्वाचनको दिन पुगिन् हस्पिटलको बेडमा !

उम्मेदवारले नै भोट हाल्न पाईनन् , निर्वाचनको दिन पुगिन् हस्पिटलको बेडमा !

  • बुधबार, असार १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

पुष्प न्यौपाने /सुनसरी ,१४ असार ।
स्थानीय तह अन्तरगत बुधवार सम्पन्न दोस्रो चरणको निर्वाचनमा उम्मेदवार स्वयम नै मतदानबाट बन्चित भएकी छन् ।
दलित महिला सदस्यमा उम्मेदवारी दिएकी सुनसरीकी ३९ बर्षिय भिमा बि क. आफैले भोट हाल्न पाइनन् ।
इटहरी उपमहानगरपालीका वडा नम्बर २० मा दलित महिला सदस्यमा उठेकी बि.कको पक्षमा यता मत खसिरहेको थियो तर उनी हस्पिटलको बेडमा सुतिरहेकी थिइन् ।
सिमसिम पानीमा पनि मत हालिरहेका मतदाता सँगै बिभिन्न पदमा उठेका उम्ेदवारहरुको उपस्थििती उक्त बडाको मतदान केन्द्रमा थियो तर बि क त्यहा देखिइनन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेकी उनी आफै भोट हाल्न नपाएको हल्ला सुनेपछि मिर्मिरे अनलाईनका प्रतिनिधिले राखेको जिज्ञासामा माओवादी केन्द्रका एक स्थानीय नेताले भने , उनी त भोट हाल्न ाउदिद । बिरामि ् नि आउन सदिनन् ।
त्यसपछि हाम्रो टिम उनलाई भेट्न बिवि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्थान पुग्यो । अस्पतालको ७ नम्बर वेडमा लित महिला सदस्यको उम्मेदवारी दिएकी बिक सुतिरहेकी थिइन् ।
माओवादी आन्दोलनलाई सहयोग पुर्याएको भन्दै उनलाई उम्मेदवार बनाएपनि गर्भवती विक निर्वाचनको मिति पटक पटक सरेपछि मत हाल्न जानुको साटो अस्पताल पुगिन् ।
साउन ८ गतेको डेट दिएपनि सुगर र प्रेसर बढेपछि चार दिन अघि मात्रै उनी अस्पताल भर्ना भएकी हुन् । मिर्मिरे अनलाईनसँग अस्पतालको बेडबाटै कुरा गर्दै बि.क.ले भनिन् , आफुले आफैलाई भोट हाल्न पाइन तर जनताले बिश्वास गरेर मत दिएको भए र आफुले जितेमा सबैको हितमा काम गर्ने छु । यस्तो एतिहासिक अवस्थामा आफै अस्पताल पुगेर बस्दा दुख लागेको पनि उनले बताइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ