दोस्रो चरणको निर्वाचन सुरु, झरीले समस्या

दोस्रो चरणको निर्वाचन सुरु, झरीले समस्या

  • बुधबार, असार १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, असार १४ ।
तीन प्रदेशको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतदान प्रक्रिया अहिले भइरहेको छ । प्रदेश नम्बर १, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा मतदान भइरहेको हो ।

बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । ७ सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ मा गत वैशाख ३१ गते निर्वाचन भइसकेको छ भने प्रदेश नम्बर २ का १ सय २७ स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते मतदान हुनेछ ।

दोस्रो चरणमा तीन प्रदेशका ३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन भइरहेको हो । ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका लागि ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको छ ।
दोस्रो चरणमा १५ हजार ३८ पदका लागि ६२ हजार ४ सय ८ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष तथा वडामा एक वडाध्यक्ष र चार वडा सदस्यसहित प्रत्येक स्थानीय तहमा एक मतदाताले ७ पदमा मतदान गर्नेछन् ।

यसैविच प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१, असीग्राम मावि रुवाखोला मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मतदान गर्नुअघि उहाँले दश मिनेटको कच्ची सडकमा रहेको असीग्राम मन्दिरमा गई पूजापाठ गर्नुभएको थियो ।

यस्तै सभामुख ओनसरी घर्तीले पनि मतदान गर्नुभएको छ । सभामुख घर्तीले रोल्पा नगरपालिका वडा नम्बर ७ को बालउद्य मावि जंगकोटबाट मतदान गर्नुभएको हो ।

यसैबीच दोस्रो चरणको निर्वाचनमा ४८ संस्थाका ६ हजार ७ सय ३३ पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गरिरहेका छन् । मतदान कार्यमा सुरक्षाकर्मी बाहेक ६६ हजार ९ सय कर्मचारी परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले ३५ जिल्लामा अनुगमनकर्ता र सूक्ष्म अनुगमनकर्ता परिचालन गरेको जनाएको छ । नेपालस्थित कूटनीतिक नियोगका सदस्यहरूलाई धनकुटा, विराटनगर, भैरहवा, पाल्पा, धनगढी र डडेलधुरामा अवलोकन भ्रमणको अनुमति दिइएको छ ।

कुल १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदातामध्ये पहिलो चरणमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले मत दिइसकेका छन् । पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ