हेर्नुस् ,बलिउड क्षेत्रमा अाउनु अघि यस्ताे नामले चिनिन्थे यी स्टारहरु (भिडियाे)

हेर्नुस् ,बलिउड क्षेत्रमा अाउनु अघि यस्ताे नामले चिनिन्थे यी स्टारहरु (भिडियाे)

  • मङ्लबार, असार १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

एजेन्सी ,१३ असार ।

नाम चलेका बलिउड कलाकारहरु याे क्षेत्रमा प्रवेश गर्नु अघि उनीहरूकाे नाम के थियाे ? सबैकाे चासाेकाे बिषय हाे । धेरैले बलिउडमा आएपछिनाम फेरेका थिए ।

बलिउडका चर्चित कमेडियन जोनी लिभरको असली नाम जोनी प्रकाशा हो । बलिउडमा आफ्नो करिअर जम्दै गएपछि उनले नाम गरिवर्तन गरेका थिए । अभिनेत्री मल्लिका शेरावतको असली नाम रिमा लाम्भा हो ।

बलिउड प्रवेशसँगै उनले आफ्नो नाम परिवर्तन गरेकी थिइन् । बलिउड स्टार गोबिन्दाको पुरा र असली नाम गोबिन्द अरुण अहुजा हो । अभिनेत्री जिया खान जसले आत्महत्या गरेकी थिइन् उनको असली नाम नाफिसा खान हो । सेफ अली खानले पनि आफ्नो नाम परिवर्तन गरेका हुन् । उनको असली नाम साजिद अली खान हो । कतिलाई पत्यार लाग्न नसक्ला पनि ।

रणवीर सिंहको असली नाम रणवीर भावनानी हो । उनले पनि फिल्म यात्रा सुरु गरेसँगै नाम परिवर्तन गरेका थिए । पुर्व पोर्नस्टार सन्नी लियोनको असली नाम करनजीत कौर बोहोरा हो ।

बलिउडका सुपर खेलाडी अक्षय कुमारको असली नाम राजिब हरिओम भाटिया हो । त्यस्तै आमिर खानको वास्तविक नाम मोहमम्द आमिर हुसेन खान हो । रजनीकान्तको वास्तविक नाम शिवाजी राव गाइकवाड हो ।

https://youtu.be/neLGEsnLNak

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ