अन्तर एयरलायन्स टेबलटेनिसमा नवीन च्याम्पियन

अन्तर एयरलायन्स टेबलटेनिसमा नवीन च्याम्पियन

  • मङ्लबार, असार १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

काठमाडौँ, १३ असार । नेपाल वायु सेवा निगमका नवीनबहादुर शाक्य अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको विधामा च्याम्पियन बनेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा आज भएको ‘बेस्ट अफ सेभेन’ को फाइनलमा नवीनले कतार एयरवेजका कमल श्रेष्ठलाई ११–४, ११–४, ११–० र ११–८ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् । निगमका सुरेशविक्रम हमाल तेस्रो भए ।

निगमको ५९औँ वार्षिकोत्सवका अवसरमा आयोजित उक्त प्रतियोगितामा नवीनले सहकर्मी प्रितम प्रधानसँग मिलेर पुरुष डबल्सको उपाधि पनि हात पारे । फाइनलमा नवीन र प्रितमको जोडीले निगमकै सुरेशविक्रम हमाल र बाबुराजा अवालेको जोडीलाई ११–७, ८–११, ११–६ र ११–८ को सेटमा पराजित गरे ।

निगमका जयबहादुर चन्द र समिर केसी तथा हिमालय एयरलायन्सका सनी श्रेष्ठ र रोविन रिजालको जोडी संयुक्त रुपमा तेस्रो भए । यसअघि राउन्ड रोविन लिगका आधारमा खेलाइको महिला एकलतर्फ स्पर्धामा रन्जना पोखरेल पहिलो, उषा सिम्खडा दोस्रो तथा निमा डोमा शेर्पा तेस्रो भएका थिए । शीर्ष तीन स्थान हात पार्ने सबै निगमका हुन् ।

विजेतालाई निगमको ५९औँ वार्षिकोत्सवका अवसरमा शनिबार आर्मी अफिसर्स क्लबमा आयोजना हुने कार्यक्रममा पुरस्कृत गरिनेछ ।

पुरुष÷महिला एकलमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः काठमाडौँ–हङकङ–काठमाडौँ, काठमाडौँ–क्वालालम्पुर–काठमाडौँ र काठमाडौँ–बैंकक–काठमाडौँको हवाई टिकट पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । चारदिने उक्त प्रतियोगितामा ४० पुरुष र चार महिला प्रतिस्पर्धीले विभिन्न तीन स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ