भोजपुर, असार १३ ।
नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार घरमा बम विष्फोट भएको छ ।
भोजपुर नगरपालिका ४ का कांग्रेसका वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर भण्डारीको घरमा सकेट बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।
भण्डारको घरमा दुईवटा बम प्रहार भएकोमा तर एउटा मात्रै पड्किएको प्रहरीको भनाई छ । बम प्रहारबाट कुनै मानविय क्षति भने नभएको प्रहरीले बताएको छ । बम कसले हानेको भन्ने अनुसन्धन भइरहेको प्रहरीको भनाई छ ।
उता , तेहथुमको म्याग्लुग नगरपालीका स्थित साब्ला मतदान केन्द्र नजिकै बम बिस्फोट भएको छ । आज बिहान १० बजेतिर बम बिस्फोट भएको प्रहरीले जनाएको छ । यस्तै आजै लालिगुरास नगरपालीका वडा नम्बर ५ को सिंहबाहिनी मतदान केन्द्र नजिकै पनि आज दुइ वटा बम बिस्फोट भएको खबर छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline