कतारले विश्वकप फुटबलमा आर्थिक चलखेल गरेको आरोप

कतारले विश्वकप फुटबलमा आर्थिक चलखेल गरेको आरोप

  • मङ्लबार, असार १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी,१३ असार । सात छिमेकी मुलुकहरुको नाकावन्दीबाट आक्रान्त कतारलाई फेरि अर्को झट्का लागेको छ । सन् २०२२ मा हुने विश्वकप फुटबलको लागि छानिएको मुलुक कतारलाईे यस खेलको लागि आर्थिक चलखेल गरेको आरोप लागेको छ ।

जर्मनीको बिल्ड नामक पत्रिकाले विश्वकप आयोजक राष्ट्र छनोटका क्रममा आर्थिक चलखेल भएको दावी सहित प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा फिफाका एक उच्च अधिकारीकी छोरीलाई कतारी अफिसियलहरुले २० लाख अमेरिकी डलर घुस दिएको दाबी गरिएको छ ।

फिफाका पूर्व छानविनकर्ता माइकल गार्सियाले तयार गरिएको भनिएको प्रतिवेदनमा कतारलाई विश्वकप फुटबल आयोजना गर्न दिँदा भएको मतदानपूर्व कतारी अधिकारीहरुले फिफा पदाधिकारीलाई घुस दिएको उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ