नायक पल शाह र पूजा शर्माको हातमा हथकडी

नायक पल शाह र पूजा शर्माको हातमा हथकडी

  • मङ्लबार, असार १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

नायक पल शाह र नायिका पूजा शर्माको हातमा ‘हथकडी’ देखिएको छ । दुबै जना हातमा हथकडी लगाएको अवस्थामा देखिएपछि असार ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’को कथावस्तुलाई लिएर अझै कौतुहलता बढेको छ ।
 
निर्माणपक्षले सार्वजनिक गरेको ट्रेलर र गीतमा यस्तो दृश्य देखिएको थिएन । तर, सार्वजनिक चलचित्रको पोष्टरमा भने पल र पूजाको प्रेममा हथकडी लगाइएको छ । सुदर्शन थापाले यो चलचित्रको निर्देशन गरेका हुन् ।
 
चलचित्र ‘मेरो एउटा साथी छ’देखि ‘प्रेमगीत’सम्म आइपुग्दा निर्देशक सुदर्शन थापा लभ स्टोरी चलचित्र निर्देशनमा अब्बल देखिएका छन् । उनै, सुदर्शनले भने-‘चलचित्रको कथा अगाडि बढ्दै जाँदा पल र पूजाको हातमा हथकडी लगाइएको दर्शकले देख्नुहुनेछ । यसैका लागि पोष्टर पनि सोही अनुसार तयार पारिएको हो ।
साथै, अन्य केही पोष्टरमा पल र पूजा प्रेममा रमाएका छन् । पूर्ण रुपमा लभ स्टोरी यो चलचित्रको संगीतले अहिले बजारमा राम्रो उचाई पाइरहेको छ । ‘भन्छु आजदेखि किन आजकल’सम्मका गीतले खुबै राम्रो प्रशंसा बटुलिरहेका छन् । अर्जुन पोखरेलले चलचित्रमा संगीत भरेका छन् ।
 
पल र पूजाको जोडीको चर्चा, सुदर्शनको लभ स्टोरी मेकिङमा एक प्रकारको ब्रान्ड र संगीतका कारण ‘म यस्तो गीत गाउँछु’ चल्ने धेरैको अपेक्षा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी